काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घृणा वा द्वेष फैलाउने सामग्री पोस्ट गरेको तथा गोपनीयता भंग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानकै क्रममा रहेका बैंक कारोबारसम्बन्धी कागजात फेसबुकमा सार्वजनिक गरेको आरोप छ। गत माघ २६ गते उनले आफ्नो फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेपछि प्रहरीले मंगलबार कपिलवस्तु नगरपालिका–२ बाट पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार भट्टराईविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

