काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरमा प्रमुख मुद्राहरूको मूल्य उक्लिएको छ। अमेरिकी डलर एकको बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा कायम भएको छ भने खरिददर १४२ रुपैयाँ ८८ पैसा तोकिएको छ।
युरोपेली युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा छ। स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा छ। सिङ्गापुर डलरको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसा छ भने चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा तोकिएको छ।
साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा छ। युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा रहेको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ।
यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ।
बहराइन दिनार एकको बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा र ओमानी रियाल एकको बिक्रीदर ३७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ लामो समयदेखि स्थिर रहेको छ ।
भारतीय रुपिँयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

