स्वयम्भू शाक्य
कर्तव्य त्यस्तो शक्ति रहेछ जुन कुरा एउटा सजन मान्छेको लागिचाहेर वानचाहेर पनिअनिवार्य रुपमाआफ्नो दायित्व पुरा गर्नु पर्ने हुन्छ । त्यसैले मान्छेहरु भन्ने गरिन्छ कर्तव्य कर्मको बाटो हो, जुनक्रिया, प्रतिक्रिया र आचरणद्धारा निर्धारित गरेको हुन्छ । दुर्जन त त्यस्तो मान्छे हो जो आफ्नो कर्तव्य तिर कहिल्यै पनिध्यानदिइदैन् । म को हुँ?मैले के गर्नु पर्छ ? मेरो क्रियाले क–कसलाईअसर पार्छ ?भन्ने कुराको उसलाई कुनै चासो हुँदैन । क्रिया र प्रतिक्रियामाउसलाई कुनै मतलबहुँदैन । आचारणमा उसको कुनै सम्बन्ध नै छैन । तसर्थ म जे गर्छु त्यही मेरो कर्तव्य हो भनी कसैले भन्छ भने त्यसलाई हाम्रो समाजले कसरी हेर्छ ? समाजभित्र सजन र दुर्जनको भेद कसरी छुट्याउँन्छ ?अबका बाटाहरु के के हुन सक्छ ?आदिइत्यादि जस्ता गम्भिर विषयहरुमा समाजभित्र छलफल भएमात्र एउटा असल मान्छेकोजन्महुन्न सकिन्छ । तब मात्र समाजले पनिकर्तव्य निर्वाह गरेको मानिन्छ । होइनभने समाजएकातिर मानिसहरु अर्को तिर हुनेछ । समाजभित्रका मान्छेहरुकालागि समाजकहिल्यैं बन्न सकिदैन भने त्यो समाजमा बस्नुको अर्थ के रह्यो र ? त्यसैले सवैले आ–आफनो कर्तव्य निभाउन सक्नु पर्छ । जो कर्तव्यवाट विमुख हुन्छ उसलाई समाज र समाजभित्रका मान्छेहरुले औला नउढाउने हो भने केवलकर्तव्य मान्छेहरुको दायित्वभन्दा पर रहने छ ।
हो, जाडोको याममापनि मेरो कामबन्दहुँदैन । म त काममाजानु पर्छ ।चाहे जाडोले पानी वरफ झै जमेकोहोस्,चाहे तुसारो परेर जमीनहरु सबै सेताहोउन् ,चाहे हिउँहरु झरेर ठण्डी होस्, चाहे पानीजमेर हिमकण होस् । मेरो कर्तव्य कहिल्यै पनिबन्दहुन सक्दैनन् । यस्तो जाडोमा न फुलहरु फूल्न सक्छन् न वोट विरुवाहरु हुर्किन नै सक्छन् ।न रुखहरुमापात हुन्छन् । न बसन्तले राज गर्छन् । त्यस्तो मुटु काम्ने समयमापनि चटक्क अगेना छोडेर कर्तव्यपथमा नहिड्ने होभने हामी संधैका लागि पछि पर्ने छन् । त्यसैले जाडो त आउँन्छ जान्छ तर हाम्रो कर्तव्यहरु त्यही वेलासंयमभएरपालनागदै जानु पर्छ ।
जाडोले पानी जम्छ, तुसारो झर्छ
फूल फस्टाउन पाउन्न
अगेना छाड्न गाह्रो पर्छ ।
तर कामले बोलाउन छाड्दैन ।
यो जीवन कस्तो होला, एक छिन पनि फुर्सद नभएको ? यो फुर्सद नभएको जीवनमाआजकाममानजाने हो भने भरे के खाने थाहा छैन । किनकि म गरीब छु ।मलाई भोक र तिर्खा मेटाउनु नै मेरो पहिलो आवश्यकताहो । यो आवश्यकता जसरी भएपनि पुरा गर्न सकेन भने म मात्रहोइन मेरा बालबच्चा र जहानभोक भोकै मर्ने छ । भोलिउज्यालो नहुन्दैं तिनीहरुले यो संसार छोडेर जाने छन् । त्यसैले यो अभाग्यकर्मले भाग्यको खोजीगर्दा गदैं मेरो भाग्यमा जाडोमापनिपानीजम्नु हुँदैन । तुसारो पर्नु हुँदैन । हिमपातहुनु हुँदैन । अगेनामाआगो बाल्नु हुन्दैन ।मलाई त यो जाडोयाममापनिफूलहरु धकमक्कफुल्नु पर्छ । रुखहरुमा पातहरु हरियो भएको देखिनु पर्छ । वस्तीहरुमा तुवाँलो नभएकोहुनु पर्छ । बाटाभरि शीतनभएको देखिनु पर्छ । तब मात्र मेरो भाग्यफेरिने छ । होइनभने म कसरी सुखसंग सास फेरेर बस्न सक्छु र ? न मेरो सपना छ । न मेरो विपनाछ । न मेरो इच्छा छ । न मेरोआकान्क्षाछ । म त इच्छा, आकान्क्षार सपनाविनाको मान्छे हुँ । किन्तु शिशिर क्रृतुमावोट विरुवाहरुमाफुूल्ने फूलभएर म त अरु भन्दा बेग्लै वाँचिरहेको मान्छे हुँ ।
हामीलाई थाहा छ, चिसोमा मान्छेले न्यानोको आशा गर्ने गरिन्छ । यो न्यानो पाउनकिरण विनाउज्यालो नहुने रहेछ ।भाग्यविनाअभाग्यले पनिजीवनविताउनगाह्रोहुदो रहेछ । यो के भएको हो ?यो किनहुन्दैछ ?जसको भाग्य छैन, त्यस्तो अभाग्यकोपनि के सुखकादिनहरु आउनसक्छ र ?जसको समय दिनभरि पेट पाल्नमाव्यस्त छ के उसले अरु कुरा सोच्नसकिन्छ र ? के उसले अरु कुरा बुझ्न सकिन्छ र ?यो त आकाश र पातल जस्तो भो जसको कुनै तुलनाहुनै सक्दैन । सम्वन्धहोला तर त्यो सम्वन्धभएपनि धेरै लामो दूरी छ ।
भनिन्छ, कर्तव्य सवैको हुन्छ । कर्तव्य विना कोहीपनिबाँच्नसकिदैन ।अधिकार त पाउने कुरो हो ।जसले पाउन्छ उसलाई कसैले दिनु पर्छ । त्यो दिनको लागिकर्तव्य चाहिन्छ । त्यसैले बत्तिबाले जस्तैं, आकाशखुले जस्तै, धरतीहाँसे जस्तै, रवि उठेँ जस्तै यो दिनचर्चामापलपलमाकथा छ । कण कणमा व्यथाछ । यो कथा र व्यथासाँच्चै मान्छेको जीवनमा घाम र छायाँ जस्तै सम्झिने छन् । त्यसैले यो शिशिर याममापनिमलाई त्यतिचिसो लाग्दैन । किनकिभोली त ग्रीष्मक्रृतु आउँदैछ ।
कामनगरे मामपाइन्न
बालवच्चा सवभोका हुन्छन् ।
त्यसैले जाडोमा पानी जम्नु
तुसारो झर्नु फूलनफुल्नु
आगो छाड्न नसक्नु
सवैलाई छाडेर ऊ काममा हिँडछ ।
संयम भएर मात्र बस्न सक्नु पर्छ मान्छेको जीवनमाअभाग्यको पनिएकदिनभाग्यपलाउन्दो रहेछ । कस्तो अनौठो, सोच्नै नसक्ने यो जीवनमाक्रृतुहरुले पनिमलाई जाडो लाग्छ भनीन्यानोको लागि घाम खोजिरहेको हुन्छ । बादलभित्र सूर्य लुकेको वेलापनिकुन बेलानिस्किने हो भनी सूर्यलाई सोध्दो रहेछ ।एकमुठ्ठी न्यानो दिनको लागि,एकमुठ्ठी सास फेर्नका लागि, एक एकमुठ्ठी आशदिनको लागि,एकमुठ्ठी जीवनबाँच्नकालागिप्रकृतिले पनिमलाई साथदिए पछि कसको के लाग्छ र ?जसले जे सुकै भनुन् दैवले नै मलाई साथदिए पछि म त खुशीहुनु स्वभाविकहो । सौभाग्यपाएर सिमलको भूँवा जस्तो म जस्तो मान्छेलाई पनिवचाउनु पर्छ भनीआशाजगाउनु ईश्वरको ठूलो देन रहेछ । त्यसैले यो मेरो जीवनकर्तव्यै कर्तव्यको लागि रहेछ । कर्तव्य त अधिकार भन्दा धेरै गुणा ठूलो रहेछ भन्ने कुरा बल्लथाहापाएँ । जुन बेलासूर्यपूर्वमाथियो । अब त पश्चिममाअस्ताउनखाज्दैछ । सन्ंध्या भैसक्यो । सूर्यका किरणहरु धपकधपकगदैं ऊत्यो डाडाँपारी कतैबरा सूर्य पनिदिनभरिको तनाबले होलानिदाउनकालागिआफ्नो घरतिर जान्दैछ ।
उसैको निम्ति त जाडोले पनि
घाम र न्यानोमाआफूलाई बढाउन
बादलिभित्र सूर्यलाई खोजिरहेको हुन्छ ।
शिशिर क्रृतुले मान्छेहरुलाई मात्रहोइन सम्पूर्ण प्राणी जगत्लाई नै चिसाउने गरिन्छ । चिसोले न वोट विरुवाहरु झाङ्गिन सक्छ न पोसिलाखाने कुराहरु नै खान सकिन्छ । मान्छेहरु हिमपातको वेला सकेसम्म बाहिर जान अल्छी मानिन्छ । अनिकुण्डमा बसेर एकमुठ्ठी न्यानो पाएँयो कुप्रिएको जीऊतन्काएर बस्नपाएकतिआनन्दहुन्थ्यो । अपितु यो मैलाउननसकेको समयमाथोरै मान्छेहरु चिसोमाकामगरिरहेका छन् । धेरै मान्छेहरु ठण्डीबाट बच्न घरमै आरामगरिरहेकोछन् ।
आजकिनहो कुन्नीआकाशअध्यारो छ ।कालो बादलमदारिएर होला ठूलो वर्षाहुने सम्भावना छ । कथैबरा तीन्यानो पाउननसकेका लालाबालाबालवच्चातथा वृद्धहरुले अकालमै ज्यानगुमाइ रहेका छन् । मुटुचिसो भएर ठण्डीले रगतजमेको वेलातातोपानीखुवाउननसकेपछि त्यो चिसिएको मुटु कसरी चल्न सक्छ र ?त्यो जमेको रगत कसरी बग्न सक्छ र ? त्यसैले भनिन्छ यो शिशिरयामबच्चा र बृद्धहरुका लागित कालहो ।
यो अन्नपानीको शरीरमाअधिकार भन्दाकर्तव्यको धेरै लामो इतिहास छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठद्धारा रचित प्रस्तुतकवितामा मान्छेहरुको हरेक पलपलमाकर्तव्य जोडिएको हुन्छ । न जाडो होस् नगर्मी, संधै कर्तव्य जोडिएको हुन्छ । न जाडो होस् नगर्मी, संधै कर्तव्य बोध भएर बाँच्नु पर्छ भनी सल्लाह दिन्छन् ।

