वि . सं . २०१४ सालमा मदन पुरस्कार विजेता प्रसिद्ध उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले नेपाल स्रष्टा समाजका संरक्षक वरिष्ठ साहित्यकार श्री पवन आलोकलाई नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुराउनु भएकोले सोको मुल्याङ् गर्दै लीलाध्वज थापा स्रष्टा सम्मानले सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्रकासाथै नगद रु. १००००/ दश हजार प्रदान गरिने जानकारी हुन आएको छ । हाल सम्म ७८ जना स्रष्टालाई मासिक रूपमा कार्यक्रम गरी सम्मान गर्दै आएकोमा गत वर्ष देखि रु १००००/ दश हजार समेत त्रैमासिक रूपमा सम्मान/पुरस्कार प्रदान गर्दे आएको जानकारी भएको छ। उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरू बाट रचना वाचन हुने समेत जानकारी हुन आएको छ । सो को अलावा उक्त प्रतिष्ठानले नगद रु. २५०००/ पच्चीस हजार समेत अग्रज साहित्यकारलाई वार्षिक साहित्य सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको मा हालसम्म वाङ्मय शताब्दि पुरुश सत्यमोहन जोशी लगाएत सात जना वरिष्ट साहित्यकारलाई सम्मान पुरस्कार प्रदान गरिएको र सम्पूर्ण खर्च आफ्नै पारिवारिक स्रोतबाट गरिने भएकोले पुरस्कारको राशी तत्काल बढाउन नसकेको पनि जानकारी गराउनुभयो । उक्त सम्मान/ पुरस्कार प्रदान तथा रचना वाचन कार्यक्रम यही २०८१पौष २७ गते शनिबार अपरान्ह १२.३० बजे बाल नमुना विद्यालय बालुवाटार मा हुने समेत जानकारी हुन आएको छ ।

