प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार तथा साहित्यकार विजयकुमार चालिसेलाई’रामचन्द्र-इन्दु गाैतम पत्रकारिता पुरस्कार-२०८१’ प्रदान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ गाेरखापत्र प्रतिष्ठानद्वारा स्थापित साे पुरस्कारको राशि ५० हजार रूपियाँकाे छ ।
गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३ औ वार्षिक उत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वरिष्ठ पत्रकार चालिसेलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो। प्रतिकूल स्वास्थ्यका बावजुद पनि पुरस्कार ग्रहणका लागि उपस्थित हुनुभएकोमा अग्रज पत्रकार चालिसेप्रति लाखलाख धन्यवाद अनि सम्मान छ । शीघ्र स्वास्थ्यलाभकाे कामना पनि छ।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले युवा मञ्चका सम्पादक उमेश कुमार ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार- २०८१’ प्रदान गर्नुभएको थियाे ।
त्यस्तै, मन्त्री गुरूङले दि राइजिङ नेपालकी विनु श्रेष्ठ र गाेरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार २०८१ र गाेरखापत्रका भेषराज बेल्बासे र प्रुफरिडिङ विभागमा कार्यरत तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार-२०८१’प्रदान गर्नुभएको थियो। पुरस्कृत सबैमा शुभकामना । साे पुरस्कार नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको हाे ।
यसैगरी, गोरखापत्रमा क्रियाशील कर्मचारी संघ-संगठन एवं गोरखापत्र संस्थानबाट सम्मानित एवं पुरस्कृत सबैमा पत्रकार एवं कर्मचारीमा बधाई एवं शुभकामना।

