नयाँ वर्ष
———-लक्ष्मण उप्रेती
पल पलमा तौलिएर
मात्रा मात्राका सिढी चढ्दै
रुपान्तरणको बर्को ओढेर
गुणात्मक फड्को मार्दै
नव सोचहरुमा देखा पर्नु पर्छ नयाँ वर्ष। १।
पल पलको माला गास्दै
प्रत्येक नकारात्मक भित्र
सकारात्मक बीउ छर्दै
दोबाटो छिचोलेर एक बाटो बनाउन
धुम मच्चाउदै उदाउनु पर्छ नयाँ वर्ष ।२।
पल पलमा खोज्नेहरुले जे खोजे
त्यही भेट्ने गरि त्यस भित्र
आर्जन गरी बनाएर आफुलाइ
निष्पक्ष बनेर धर्ती आकाशमा
जो त्यही भएर आउनु पर्छ नयाँ बर्ष।३।
पल पलमा निर्माणालयका रुपहरु
बिन्दुका छिद्र्हरुबाट रेखा कोर्दै
घट्ना र परिघटनाको माला बनेर
बिनास र निर्माणको चौघेराबाट
पाठहरु सिकाउदै उभिनु पर्छ नयाँ वर्ष ।४।
पल पलको पर्खालबाट नव युग खडा गर्न
पाइलाहरु टेक्दै काडामाथि अभ्यस्त बन्न
तुवालोहरुमा प्रकाश खोज्ने सोचहरु भित्र
साहास बनेर बलिदानको कोटा चुक्ता गर्न
आव्हान गर्दै गर्दै खडा हुनु पर्छ नयाँ बर्ष ।५।
२०८१ चैत्र ३० गते शनिबार
भक्तपुर

