प्रगतिशील लेखक सङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे तेस्रो सम्मेलन महेन्द्रनगर कञ्चनपुरमा सम्पन्न भएको छ । रमेश पन्त मितबन्धुकाे अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका प्रमुख अतिथि प्रलेस केन्द्रीय सल्लाहकार तथा भाषा आयाेगका सदस्य डा. पुस्करराज भट्ट थिए। सम्मेलनका विशिष्ट अतिथिमा प्रलेसका पूर्व सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिक, प्रलेसका केन्द्रीय सदस्य तिलक बहादुर सिंह थिए । प्रलेस पूर्व केन्द्रीय समिति सचिवालय सदस्य लछिराम आचार्य, हरिकृष्ण कडायत, खगेन्द्र जाेशी, पूर्व रापस कल्यान ओझा, प्रतिनिधि सभा सदस्य पुरनसिंह दयाल, गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्राम, प्रलेस कञ्चनपुरका संस्थापक अध्यक्ष चन्द्रकला पन्त, मार्क्सवादी फाउन्डेसनका अध्यक्ष केशवनाथ याेगी लगायतको आतिथ्यतामा भएको सम्मेलनमा नेकपा एमालेका नरबहादुर बिक, नेकपा माओवादी केन्द्रबाट लछिराम आचार्य, नेकपा एकीकृत समाजवादीबाट खेमराज जाेशी, राष्ट्रिय जनमाेर्चाबाट प्रदेश कमिटी सदस्य जनकबहादुर कुवँर लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेश पुरस्कार छनाैट समितिले सिफारिस गरेका स्रष्टाहरु मध्ये प्रलेसकाे निर्णय अनुसार पुरनसिंह दयाललाई नगद पुरस्कार सहित प्रगतिशील प्रदेश प्रतिभा पुरस्कार २०८१ प्रदान गरिएको छ । सम्मेलनमा विगत लामाे समयदेखि प्रलेसलाई गतिशीलता प्रदान गर्ने स्रष्टा वीरबहादुर चन्द विश्राम, चन्द्रकला पन्त, कल्यान ओझा, रामचन्द्र भट्ट, रामचन्द्र नेपाल, जनक रसिक, डा. पुस्करराज भट्ट लगायतलाई सम्मान गरिएको थियाे । कार्यक्रममा कृतिशेष साहित्यकार यज्ञराज भट्टलाई मरणोपरान्त सम्मान गरिएको छ । भट्ट प्रलेस कैलालीका संस्थापक अध्यक्ष हुन् ।
सम्मेलनमा सम्मानित पुरनसिंह दयाल, पूर्व केन्द्रीय सदस्यहरूबाट हरिकृष्ण कडायत, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, प्राज्ञ सभा सदस्य जनक रसिक तथा प्रमुख अतिथि प्रलेस केन्द्रीय सल्लाहकार तथा भाषा आयाेगका सदस्य माननीय डा. पुष्करराज भट्ट लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । प्रलेस राष्ट्रिय परिषद सदस्य गंगाप्रसाद रिजालको संचालन, निवर्तमान प्रदेश उपाध्यक्ष काेपिला शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा सबैजसो वक्ताहरुले याेग्यता, क्षमता, सक्रियताका आधारमा नेतृत्व चयन गर्नुपर्ने कुरामा जाेड दिएका थिए।
कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका महासचिव डा. देवी दुलाल क्षेत्रीले पठाउनु भएको शुभकामना मन्तव्य गंगाप्रसाद रिजालले वाचन गरेर सुनाएका थिए ।
अध्यक्ष रमेश पन्त मितबन्धुले सम्मेलन सम्पन्न गर्न सहयाेग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै उद्घाटन सत्र समापन गरे लगत्तै प्रलेस केन्द्रीय सदस्य तिलक सिंहकाे संयाेजकत्वमा चन्द्रकला पन्त र प्रजापति नेगी सदस्य रहेकाे तीन सदस्यीय अध्यक्ष मण्डल घाेषणा गर्दै बन्दसत्र शुरु भएको थियाे । अध्यक्ष मण्डलका संयाेजक तिलक सिंहकाे अध्यक्षतामा सम्पन्न बन्दका प्रमुख अतिथि प्रलेसका पूर्व केन्द्रीय सचिवालय सदस्य तथा प्राज्ञसभा सदस्य जनक रसिक प्रमुख अतिथि थिए । बन्दसत्रमा रमेश पन्त मितबन्धुले प्रलेस सुदूरपश्चिम प्रदेशको साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश गतिविधि समेटिएको प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै सम्मेलनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कोपिला शर्मा कल्प, उपाध्यक्षमा कर्ण दयाल साेराडी, महिला उपाध्यक्षमा फाल्गुणा दहाल, सचिवमा चन्द्र थापा, उपसचिवमा योगराज आचार्य र कोषाध्यक्षमा सन्तोष विष्ट रहेका छन् ।
सदस्यमा प्रेमबहादुर सिंह, लोकविक्रम मल्ल, खिमानन्द बडूय गाेकर्ण दयाल, काेपिला अवस्थी, गाेमा जाेशी, दुर्गा भण्डारी, तेजराज कापडी, प्रजापति नेगी, दीर्घराज अधिकारी, लाेकेश साउँद रहेका छन् भने बाँकी ८ सदस्य पछि थप गरिने बताईएको छ ।

