–विश्वनाथ खरेल
नेपाली जनजीवनमा चाडपर्वहरुको ठूलो भूमिका छ । यी चाडपर्वहरुमध्ये कुनै नारीका पर्व छन् । कुनै पर्व नारी–पुरुष दुवैले मान्नु पर्ने पनि छन् । त्यसमध्ये प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तीज स्त्रीजातिका लागि महत्वपूर्ण चाड मानिन्छ । धार्मिक तथा संस्कृति दृष्टिले पनि नित्यकर्म सकेर निराहार भई शिवजीको आराधना गर्नाले जन्म जन्मान्तरको पाप नाश हुने, परापूर्वकालमा पार्वतीले श्रीमहादेवलाई पती वरण गरुन भन्ने अभिप्रायले र भाग्यको बृद्धि, सन्तानको कल्याणका साथै इहलोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । अतः हरितालिका पर्व नेपाली नारीहरुको अत्यन्त ठूलो पर्व हो । तीजको अधिल्लो दिनलाई दरखाने दिनले चिनिन्छ । जसमा मीठा–मीठा तागतदार दरिलो भोजन तयार गरेर खाइन्छ । मूलतः विवाह गरेर माइति घर छोडेर आफ्नो घरमा पठाएका चेलीलाई दाजुभाइ वा बुबाले छोरीका सासुससूरासँग अनुमति मागी लिनजाने चलन रहेको छ । त्यसमा लिनजाने दाजु÷भाइ, बुवा जाने भने माइती घरमा छोरी चेलीलाई बडो सत्कार तथा सम्मानसाथ खुवाएर भोलिपल्टको हरितालिका तीजको निराहार व्रत बस्न आवश्यक शक्ति आर्जन गर्न सक्ने वातावरण बनाउने गर्दछन् । दर केवल तीजको दर खाने दिनमा मात्र माइतीले छोरीचेलीलाई दूधबाट बनेका स्वादिष्ट परिकार खुवाउने हँुदा यसको पौराणिक महत्व रहेको छ । यसर्थ तिजको अगिल्लो दिन दरखाने चलन रहेको छ । यो भनेको व्रत बस्नको लागि दरिलो खाद्यवस्तु समावेश भएका विभिन्न प्रकारका खाद्यन्नका परिकार खाएको खण्डमा व्रत वस्न सक्ने हुन्छन् । यसमा खासगरी दूधबाट बनेका परिकार खीर, ढकने, सेल रोटी, दूध, दही र घीउसँग मुछेर भात खाने, स्थानीय उत्पादित अर्गानिक आलुको कवाफ र झुरुमझुरुम बनाई साँझमा छोरी चेलीसँगै बसेर स्वादले खाने, केही घण्टा सुतेर १२ बजे आसपासमा राति खीर वा ढकनेसँग आलुको कवाफ खाएर सुत्ने सनातनदेखिको चलनलाई दर खाने भनिन्छ । आजकाल यो दरखाने दिनको समय बढेर तीज आउनुभन्दा १५÷२० दिन अगाडि दिन देखि चेलीवेटीहरु एवं आफन्तहरुलाई डाकेर ख्याउने प्रचलन काठमाडौंमा बढि देखिएको थियो । तर, यो साल भने कोरोनाको कहरले गर्दा यो पर्वलाई बिथोलि दिएको छ । यसै समयमा आएर सरकारले सात दिनको लागि बन्दाबन्दीको कारणले गर्दा आ–आफ्नै घर–घरमा बसेर यो पर्व मनाउनु पर्ने अवस्था रहेको छ । महिलाहरुको लागि यो पर्व ज्यादै कठिन मानिन्छ । यस पर्वका दिन बिहान महादेवको पूजा–आजा गरी नजिकको शिव मन्दिरमा गएर पूजा–अर्चना गरेर सम्पन्न गरिन्छ । यस दिनमा प्रत्येक विवाहित, नारीहरुले आ–आफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीहरुले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन् । सकेमा त पुरुषहरुले पनि यो व्रत बस्न नहुने त होइन । यसबाट धार्मिक तथा शाररिक स्वास्थ्यको लागि पनि लाभदायक नै हुन्छ ।
शास्त्रीय विधान अनुसार तीज पर्वका दिनमा नारीहरुले पानीसमेत नखाई उपवास बस्छन् । यस दिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने कुरा धार्मिक ग्रन्थमा उल्लेख रहेको किवंदन्तीे रहेको पाइन्छ । तसर्थ उक्त अवसरमा पानीसमेत नखाई उपवास बस्ने प्रचलन छ । प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ’ भनी तीजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । तर आजकाल विवाहपूर्वका कन्याकेटीहरु समेत हरितालिक व्रत बस्छन्, किनकि पार्वतीले शिव वर पाएजस्तै आफूले पनि चिताएको वर या राम्रो सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ ।
विवाह गरेर आफ्नो घरमा गएको चेलीहरुले घरमा सबैको बुहातन, अपमान सहनुपथ्यो । यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिन्न । यस्ता किसिमका विगतका तीता मनको दुःख पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्दछ । यस पर्वमा महिलाहरुले आफ्नो जन्मघर छोडी कर्मघर जाँदा, बस्दा भोग्नुपरेका दुःख वेदनाहरुलाई लयात्मक ढंगबाट गीतको माध्यामबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन् । नारीहरुलाई आफ्नो माईती प्रतिको माया, मोह र स्नेह ज्यादैनै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ । आफ्नो माईती घरमा संगै खेलेर बसेका संगिनीसँग भेटधाट गरी विगतका मीठा–नमीठा भोगाइलाई गीतको रुपमा व्यक्त गर्दछन् । धेरैदिन सम्म छुटिृएर रहेका साथी–सँगिनी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन हो तीज । अनि राम्रो मीठो खाने र वर्ष दिनको मनको बह पोख्ने दिन पनि हो । त्यर्सैले यो दिनलाई नारीहरुको दुःख पोख्ने दिनको रुपमा चिनिन्छ ।
मूलतः विवाह गरेर माइति घर छोडेर आफ्नो घरमा पठाएका चेलीलाई दाजुभाइ वा बुबाले छोरीका सासुससूरासँग अनुमति मागी लिनजाने चलन रहेको छ । त्यसमा लिनजाने दाजु÷भाइ, बुवा जाने भने माइती घरमा छोरी चेलीलाई बडो सत्कार तथा सम्मानसाथ खुवाएर भोलिपल्टको हरितालिका तीजको निराहार व्रत बस्न आवश्यक शक्ति आर्जन गर्न सक्ने वातावरण बनाउने गर्दछन् । दर केवल तीजको दर खाने दिनमा मात्र माइतीले छोरीचेलीलाई दूधबाट बनेका स्वादिष्ट परिकार खुवाउने हँुदा यसको पौराणिक महत्व रहेको छ ।
अन्ततः प्राचीनकालमा यो पर्व धार्मिक एवं सांस्कृतिक रुपमा विकसित थियो भने हाल आएर सुनको गहना प्रदर्शनको रुपमा विकसित हुन थालेको देखिन्छ । तर नेपाली ग्रामीण जीवनका नारीहरुको जीवनकथाको सिंगो अभिव्यक्ति नै हो । देश, विदेश जहाँ भए पनि समग्रमा नेपालीहरु कै प्रिय पर्र्व तीज हो । यसमा सम्पूर्ण नारीहरुले आ–आफ्नो शास्त्रीय विधान अनुरुप लागि परि यो पर्व मनाउने गर्दछन् । यसरी परम्परागत रुपमा चल्दै आएको हाम्रो धार्मिक पर्व तीज जसलाई आगामी भावी पुस्ताहरुमा समेत जगेर्ना तथा सम्वद्र्धन गर्नुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ ।


1 Comment
Pingback: तीज पर्व र व्रतको महिमा | Bishow Nath Kharel