काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएकाे। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचमा मन्त्रीपरिषद् विस्तार लगायत सरकारको गतिविधिबारे छलफल भएको अध्यक्ष प्रचण्ड स्राेत जनाएको छ ।
यसअघि बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल र यादवबीचमा एमसीसी र मन्त्रीपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
बालुवाटार बैठक दिउँसो ३ बजेदेखि जारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

