जगत वाशिष्ठ
काठमाडौं । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को २९औँ अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरको लिटिल एञ्जेल्स स्कूलमा शनिबार सम्पन्न भएको छ । अग्रेंजी भाषाका विभिन्न शत्रहरु भन्दा अलि फरक शत्र कविताको रहेको थियो । १५ गते आरम्भ अन्तराष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो ।
दर्शक श्रोता खचाखच हलमा दायाँबायाँ उभिएर लिटिल एन्जल्सको एउटा कोठा शुक्रबार अङ्गेजी भाषाका सत्रभन्दा संगोष्ठी र कविता सत्र रोचक रहेको थियो ।
रोचक हुने कारण थियो त्यहाँ कविताशत्रमा वाचन भएका कविताको शीर्षक श्रोताबाट आउनुपर्ने थियो । अंग्रेजी भाषाका विभिन्न शीर्षकका सत्रहरुमा बिहिबार शुक्रबार बहस भएका थिए ।
शुक्रबार भएको विभिन्न सत्रमाझ रोचक रहेको थियो कविता सत्र । कविता सत्रमा तीनजना वक्तामा मोमिला जोशीको कवितालाई श्रोताले बढी ध्यान दिएका थिए । रोचक के थियो भने कविता सत्रका (स्लाम पोएट्री ) तीन कविहरू प्रोफेसर विष्णु एस राई, मोमिला जोशी र नवराज पराजुली रहेका थिए । वाचित कविताको शीर्षक बताउने जिम्मा श्रोतादीर्घामाझ छोडिएको थियो । दर्शकले तीनै जना कविले वाचन गरेका कविताको शीर्षक भनेका थिए ।
सबैभन्दा बढी प्रेमसँग सम्बन्धित र असफल प्रेम, विछोड, डिभोर्स, नयाँ जीवनको सुरुवात जस्ता शीर्षक कवि मोमिलाको कवितालाई दिएका थिए । अन्तमा वाचकबाट शीर्षक मिले नमिलेकोमा मोमिलाले आफैं सबै शीर्षक राम्रा रहेका र केही शीर्षक मेल नखाएको बताईएकी थिईन् । खास शीर्षक आजको प्रेम पनि करार रहेकाले करार प्रेम रहेको जनाइन् ।
त्यस्तै कवि नवराज पराजुलीको कविताको शर्षिक कथामा भेटौँला रहेको थियो भने, राइको कविताको शीर्षक दाल भात रहेको थियो । श्रोताबाट आएका सबै शीर्षकलाई राइले उत्कृष्ठ भनेका थिए । कवि पराजुलीले चाँहि एउटै शीर्षक कथामा भेटौँला नै भएको भनेका थिए ।
नेल्टाको कार्यक्रम शनिबार समापन भएको छ ।

