-प्रवीण जोशी
काठमाडौं: अनुसन्धाता एबम् बरिष्ठ साहित्यकार लालबहादुर भुजेलकाे ठाडोभाकाको लोकसास्कृतिक इतिहास नामक अनुशन्धान ग्रन्थ एक भब्य कार्यक्रम विच विमोचन भएको छ । उक्त अनुशन्धान ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङले काठमाडौं स्थित राष्ट्रीय नाचघरमा विमोचन गरेका हुन् ।
ठाडाेभाकाका पहिलाे पुस्ताका महारथीद्वय पञ्चसुब्बा गुरूङ र देउबहादुर दुरा हुन् भने दाेस्राे पुस्ताका जनस्तरबाट ठाडाेभाका शिराेमणि घाेषित भेडिखर्के साहिंला ( दीर्घराज अधिकारी) हुन् ।
हालसम्म, ठाडाेभाका बारेमा र देउबहादुराका केही कुरा छिटफुट अाउने गरे पनि पञ्चसुब्बा बारेमा लेखिएकाे थिएन् ।

स्थलगत भ्रमण पश्र्चात साेध-खाेज, अध्ययन, अनुसन्धान गरी बिस्तृतरूपमा याे बिधा र यसका अग्रज स्रष्टाहरूकाे नवीन कुरा पत्ता लगाई लेखिएकाे याे पहिलाे ऐतिहासिक अनुसन्धान ग्रन्थ हाे ।
लमजुङ, दुराडाँडा थातथलाे भएका लालबहादुर भुजेलले, गण्डकी भेगमा लाेक-दाेहारीकाे जननीकाेरूपमा प्रख्यात, सात रात-सात दिन सम्म नाँचगान गरेर कलाकार नथाक्ने, बिछट्टै मनपराइएकाे याे भाका समयकाे बहाबसँगै लाेप हुने अबस्थामा पुगेकाे छ । बर्तमान अबस्थासम्म कृतिकाेरूपमा अाउँन नसकेकाे अमूर्त लाेकलयलाई धेरै बर्ष लगाएर अन्वेषण गरी बाहिर ल्याउनु भएकाे छ ।
राष्ट्रकबि माधब घिमिरे, शतायु पुरूष, सहित्यरत्न सत्यमाेहन जाेशी तथा जगमान गुरूङद्वारा मन्तब्य लेखिएकाे याे कृति छ भागमा बिभाजित छ । जसमा, पहिलाेमा पृष्ठभूमि, स्रष्टाहरूकाे ईतिबृतान्त छ ।
दाेस्राेमा, साहित्य समीक्षा, तेस्राेमा, लेखकद्वारा रचित ठाडाेभाकाका गीतहरू, चाैथाेमा, ठाडाेभाकाका सर्जकहरूकाे नालीबेली तथा पाँचाैंमा, उनीहरूबाट रचित गीतहरूकाे अध्ययन, बिष्लेषण छ भने छैटाैं भागमा सन्दर्भ-सामग्री र अन्त्यमा, परिशिष्टित्र ठाडाेभाका शिराेमणिसँगकाे अन्तरबार्ता र बाँकी तस्वीरहरू समाहित छन् ।

