यो संसारबाट बिदालिएर जाने मान्छेले के साँच्चै आँधी छोडेर जान सकिन्छ र ?आसै आसको त्यो हरियो दुबोलाई के साँच्चै सुकाई जान सकिन्छ र ? सपनालाई चकनाचुर पारी जोड्न नहुने गरी के साँच्चै छोडेर जान सकिन्छ र ? नमीठो पारी निदाउनै नसक्ने गरी के साँच्चै मान्छे परलोक जान सकिन्छ र ? यस्तै यस्तै मनका कुराहरू आजयुगकवि सिद्धिचरण श्रेष्ठको मनमा उम्लिरहेको छ । मनभित्र ग्रहण लागेर होला आज कताकता मनमा ज्वारभाट चलिरहेको छ । आफ्नै मान्छे यो धरतीबाट छोडेर परलोक गएपछि मनमा आँधीबेहरी आउनु स्वभाबिकैं हो । त्यसैले मान्छे यहाँबाट धेरै टाढा जहाँहामीले देख्न सक्दैनौं त्यहाँजान सक्दो रहेछ । जहाँ मान्छेले अन्तिम विश्रामलिने गरिन्छ त्यही नै मान्छेको आफ्नो घर भन्ने गरिन्छ । आफ्नो घर जानकालागि यो शरीरलाई छोडेर जानु पर्ने यो कस्तो प्रकृतिको नियमहो ? किनकि त्यहाँ यो शरीरको आवश्यकता छैन । जहाँ आवश्यकता छैन, त्यहाँआफ्नो शरीरलाई लिएर जानुको कुनै अर्थ छैन। यो त भवसागरमा बसुन्जेल सम्ममात्र आवश्यकता रहेछ । बाँचुन्जेल आफ्नो भन्ने यो शरीरलाई मृत्यु पछि खरानीपार्नु पर्ने रहेछ । त्यसैले होला ज्ञानीहरू भन्ने गरिन्छ, आत्मा र परमात्माको बीच यौटा अदृश्य धागोले सम्बन्ध जोडेको हुन्छ । जुन धागो मसानघाटमा पुगे पछि मात्र थाहा हुन्छ । आफ्नो शरीरलाई छोडेर गईसकेपछि मात्रआफन्तहरू रोई रोई लाशलाई आगोमा पोल्दो रहेछ । आगो दंकिएर यो लाशजलिरहँदा लाग्छ जीवन के को लागिहो? जीवनमा के गर्नु पर्ने हो ? जीवनमा के पाउनु पर्ने हो ? हामीले के लिएर जाने हो ? सबैलाई थाहा हुँदाहुँदै मान्छेहरूले किन थाहा पाए जस्तो गर्दैन् ? अनौठो लाग्छ, यो भवसागरमा हामी जन्मनको लागिमात्र जन्म भएको हो र ?“ जन्महुनु पर्ने थियो केवल मृत्युको लागि मात्र ।”
साँझ परिसक्यो । एकछिनमै अब धपक्क अध्यारो हुनेछ । आजको दिन समाप्त भैसकेकोले होला कहिल्यै पनि नफर्किने गरी यो भव सागरबाट बिदालिएर जाँदैछ । सम्झनामात्र बाँकी राखेर मान्छेको मुटु मुटुमा एक अञ्जुली पानीले पनि आँधी उठ्न सक्दो रहेछ । डाँडा काँडामा पहिरो गएर होला रूपरङ्ग नै परिवर्तन हुन सक्दो रहेछ । आखीर मान्छे न हो । मान्छे हामीले देख्न नसक्ने गरी दूर गए पछि आफन्तहरूलाई दुःख पर्नु स्वभाविक हो । आँधीबेहरी चलेर छाप्रो उडाए पछि मुटुमा किल्ला गाडे जस्तो हुनु स्वभाविक हो । हरियो दुबोमा पानी हाल्ने मान्छे नभए पछि दुबो सुक्नु स्वभाविक हो । सपना देखाउने मान्छे नै पर गए पछि विपनाहरू टुक्रा टुक्रा हुनु स्वभाविक हो । त्यसैले मान्छे दूर गए पछि आँधी उठ्न सक्छ । हरियो आशहरू सुक्न सक्छ । सपनाहरू चूर्ण भई विपनाहरू कताकता हराउन सक्छ । किनकि आफ्नो छाँया हराउनु आपूm हराउनु हो । वसन्त हराउनु हरियो सुक्नु हो । मेरो प्रतिविम्ब चूर्ण हुन म हराउनु हो । सपना र विपनाहरू नदेख्नु दूर जानु हो । त्यसैले आज युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो मान्छे दूर गएको कथा सुनाउँदै छन् । यौटा मान्छे हराए पछि हामीमा के हुन सक्छ भन्ने कुरा सुनाउँदै छन् ।
आँधी एक उठाई
हरियो आस सुकाई
सपना चूर्ण तुल्याई
कटुमय् विपनापारी, ऊ गई अब दूर !
मेरो छायाँ मबाट धेरै टाढा भागिसकेपछि मेरो कालो दिन शुरु भएकै हो । मेरो प्राणलाई धर्म संकट परेको बेला म–मभित्र कसैले खोजीदिनु पर्ने हो ? त्यसैले अब कालो दिन आइसकेको छ । मेरो प्राणलाई समाई चुडी लग्नखोजे जस्तो छ । कताकता कहाँकहाँ यो मेरो जीवन बाँच्नुको अर्थ खोजिरहेको छ । मनमा विरह भएर होला आगो जलेर मुटु खरानी हुन लागेको छ । थाहा छैन, मेरी ऊनी किन दूर गएकी होला? मसँग रिसाएर पो गएकीहो की? म सँग बस्न मन नलागेर पो गएकीहो की ? किन होला मलाई थाहा नदिई ऊ किन पर गएकी होली?अदृश्य मायाले होला, जानु पर्ने उसको आफ्नै बाध्यताले होला, कोही कसैले बोलाएर गएकी हो की? मलाई नसोधीकिन ऊ एक्लै गएकीहोली? हो, आज ऊ धेरै टाढा गई सकेकी छे । उसलाई अब कालो दिनले छुन सक्दैन । कसैले प्राणमा चोट पु¥याउन सक्दैन । कसैले मेटाउन सक्दैन । कसैले मनमाविरह दिन सक्दैन । त्यसैले मेरो छायाँ यहाँबाट धेरै टाढा जहाँ म पुग्छु भनेर पनिपुग्न सक्दैन । त्यहाँ ऊ पुगेर साथीभाईसँग भलाकुसारी गर्दैछे । आ–आफ्नो बितेका कुराहरू सम्झेर एकले अर्कोलाई आफ्ना मनका बहहरू पोख्दैछे ।
थाहा छैन, कतै मेरो कुरा काटेको पो हो की ? थहा छैन यो भवसागरमा जन्मनुको अर्थ बुझाइरहेकीपो हो की? थाहा छैन मान्छे बाँच्नुको अर्थ खोजिरहेको पो हो की? थाहा छैन आफ्नो कर्मको फल बुझाई रहेकीपो हो की? यो कस्तो विडम्बना ? म बाँच्नुको अर्थ अब कालो दिनमा पो हो की? मेरो प्राण समाई कसैले चिथरेर पो लाने हो की? मलाई मेटाउनका लागि कोही आएर सुताउने पो हो की? मनमापीरै पीरले बिरहको गीतमात्र गाएर अब मर्नु पर्ने पो हो की? के थाहा, यो कुनजुनीको पाप हो । बाँच्दाबाँच्दै पनि जिउँदो लाश भएर कति पटक मर्नु पर्ने हो ? त्यसैले यो आँखा केका लागिहो? जहाँ सधैं सूर्य विनाको अध्यारो भैरहन्छ ? यो प्राण केका लागिहो, जहाँ ढुुक ढुक भई बाँच्ने मात्र गरिन्छ । यो शरीर केका लागि हो, जहाँ हलचल विना बाँच्ने मात्र गरिन्छ । यो मनको विरह केका लागि हो, जहाँ काललाई कुरेर सम्झेर बस्नका लागि मात्र हो । तसर्थ म बाँच्न चाहन्न प्रिय मलाई पनि तिमीले लिन आएहुन्थ्यो । तिमी र म त्यही जाऔंला जहाँ तिमीले जाने इच्छा गरेको थियो ।
अब कालो दिनआई
मेरो प्राण समाई
भेट्न मलाई खोज्ला
मनमाविरह जलाई, ऊ गई अब दूर !
छुट्टिनु आपैmमा राम्रो वा नराम्रो दुबै हुन सक्छ । तर यो त विरहको कथाहो । आगोको रापले तातेर होला मानसिक दुःख र कष्टले पीडित भएर आज तृप्त दिवसको छायाँमा मान्छे किन मोह र माया खोजि रहेछ ? दुःख र कष्टबाट मान्छे किन टाढा टाढा बस्न चाहन्छ ? यो त समय चक्र हो । मान्छेले चाहेर होइन नचाहेर पनिदुःख र कष्ट भोग्नु पर्ने रहेछ । आगोको राप ताप्नु पर्छ । चिसोमा खाली खुट्टाले हिँड्नु पर्छ । यही त जीवन हो । यो जीवन भित्र आगो छ । पानी छ । माया छ । मोह छ । घाम छ । छायाँ छ । अनिशीतल पनि छ । त्यसैले होला जीवनमा बाँच्नुको निम्ति यौटा आधार माया र मोह हो । आफ्नो भन्ने कुरा सबैलाई प्रिय लाग्नु स्वभाविक हो । आफन्तले दिएको माया सधैं शीतल भई आनन्द हुनु सन्तुष्टि हो । दिउँसोको समयमा सूर्यको किरण नपाएर ओझेलमा पर्नु बस्तुहरूको प्रभाव हो । खै मेरी ऊनी जसलाई यहाँ भन्दा परको माया छ । त्यही गएर बसे पछि मैले के भनेर बोलाउन सक्छु र ?जति चिच्याएर बोलाएपनि फर्केर नहेर्ने मेरी ऊनीलाई म कसरी सम्झाउन सक्छु र ?आखीर डढेलो लागेर पिल्सिएको यो जीवनमा सन्तप्त भएर होला आज म दुःखी भएर बसिरहेको छु । चट्ट चुँडाली वियोगमा पारे पछि यो संसारी जन्जालमा खै कतै अल्झिएर म बाँचिरहेछु । जाने त गईसक्यो । कताकता हराईसक्यो । तर मेरो यो अभागी जिन्दगीमा जताततै पहिरै पहिरो गएर भाँसिएको छ ।
तृप्त दिवसको छायाँ
शीतल मोह र मायाँ
यसरी चट्ट चुँडाली
दग्धमलाई पारी, ऊ गई अब दूर !
आज म नाऊमा बसेर कालो नदी तरिरहेको छु । हेर्दे डर लाग्दो, सुन्दै भूकम्प आउने जस्तो यो कस्तो जीवनयात्रा रहेछ ?कुन बेला सक्ने हो । कति बेला पुग्ने हो । थाहा छैन, केवल अन्धकारै अन्धकार जस्तो आस मरेर आस नपलाए जस्तो कालो भविष्यतिर आज म जाँदैछु । जहाँ उज्यालो खोज्नु पर्छ । जहाँ बाँच्नकालागि भाग्य चाहिन्छ । जहाँ सपना कहिले देख्दैन । जहाँ विपनीमापनि जीवन हुँदैन । त्यहाँ आज म जाँदैछु । कालो यात्रामा कालो दिन बिताउँदैछु ।
भनिन्छ, मान्छे जतिसुकै बलवान भएपनि समयको अगाडी केही रहेन छ । बल नभएको निर्धो भएर शक्तिहीन जीवन बिताउनु पर्ने रहेछ । शिथिल भएर अनि गलेर पानीपानी भएर समयको अगाडी मान्छे नतमस्तक हँदोरहेछ । त्यसैले यो कालो नदीमा नाऊ खियाउनकालागि काठको दाविलो जतिसुकै बलियो भएपनि आखीर नदीको प्रवाह न हो । मान्छे आपूmले खोजेको ठाउँमा पुग्नपनि सक्छ । डुब्न पनि सक्छ । के थाहा, यो त समयले भन्ने कुरो हो । समय आए पछि, समयले खोजे पछि, सबै कुराहरू समयले मिलाउने गर्दोरहेछ । यो जीवनमा जस्तो सुकै दुःख किन नपरोस् समयसँगै म बाँच्न चाहन्छु । दुःखको सागर नै किन नहोस् यो काँधमा राखेर बोक्न चाहन्छु । आज ऊ गई सके म एक्लैं बाँचिरहेछु । जाने मान्छेले साथलिएर नगए पछि म दुःखको सागरमा नुहाइरहेछु ।
जीवनकालो सिन्धु
दुर्बल बहनाकिन्तु
तर पुग्छ म या डुब्छु
जे होस् दुःख यो बोक्छु, ऊ गई अब दूर !
यो कुरो सत्य हो । मान्छेले गीत गाउनकालागि स्वर मात्र होइन सामग्रीहरू पनि राम्रो हुनु पर्दछ । थोत्रो काम नलाग्ने सामग्रीले जतिसुकै राम्रो बाजा बजाएपनि गीत राम्रो हुन सक्दैन । त्यसैले आज म गीत अडेर गाउँदै छु । सबै छरपष्टहुने गरी, सबै चकनाचुर पर्ने गरी टिप्न नमिल्ने, बोल्न नहुने जे जस्तो छ त्यस्तै गरी हिँड्नु पर्ने यो कस्तो विवशता हो । यो कस्तो बाध्यता हो । मन–मनभित्रै मर्नु पर्ने यो कस्तो जीवन हो ? त्यसैले उनी पर गई सकेकी छिन् । बाटो हराएपनि यहाँ कहिले पनिआउने छैनन् । किनकि उसको पनि बाध्यता छ । मेरो पनि विवशता छ । ऊ मेरोमा आउँन सक्दिनँ । म उसकोमा जान सक्दिन । किनहोला यो जीवन चकनाचुर भएर जति मिलाएपनि मिलाउन नसक्ने अवस्थामा आइपरेका छन् ।
थोत्रो काम नलाग्ने चीजहो । भत्किएको, मक्किएको, बिग्रिएको, गलिएको यो जीवन क्रमशःथोत्रो हुँन्दैछ । पलपलले सबै कुराहरू पुरानो भएर हिजो राम्रो थियो आज नराम्रो हुँदैछ । मुश्किलले जति राम्रो पारे पनि क्रमशः ढल्किँदै गए पछि एक दिन भत्किनु छ । नासिएर यो भवसागरमा माटोमा मिल्नु छ । त्यसैले हे प्रिय ! यो नासिने देह बोकेर म के गरुँ! जब देहको छायाँ मरि सकेको छ । यो जीवन पाएर मात्र म के गरुँ! जब जिन्दगीमा थोत्रो सामलहरू मात्र बोकेर हिँड्नु छ ।
बाटो सुनसान भैसकेको थियो । सबै आ–आफ्नो घर गइसकेकोथियो । म त किनहो कुन्नीआफ्नो बाटो भुलेर मेरो गन्तव्यकहाँहो, थाहापाउन सकिरहेको छैन । अध्यारो यात्रामा यो आँखाभएर पनि के गरुँ? बाटो भुल्दा हिँडेरमात्र के गरुँ? सोच्नै नसकेपछि म कहाँजाऊ कसरी थाहा पाऊँ? यो दुर्बल जीवनमा थोत्रा साजले म कसरी जिन्दगी बिताऊँ?
थोत्रो सब साजथियो
गाउनमुश्किलपथ्र्यो
गाएँगीत अडेर
पारी चकनाचुर, ऊ गई अब दूर !
यो जीवन जन्म–मरणको बन्धनमा अल्झिएको छ । कतिबाँच्नु ? कति मर्नु ?बारम्बार आउने जाने काम भैरहेको छ । त्यसैले यो जीवनमा बन्धनै बन्धनको पासो छ । धोकै धोकाको थुप्रौ छ । जगत् सुन्दर र शान्त भएपनि जीवनमा किन हो कुन्नी थुप्रै पीडै पीडाको व्यथा छ । हामीलाई थाहा छ, बाँच्नु मर्नु भन्दा धेरै गाह्रो रहेछ । संसतिको यो फन्दामा अल्झिएर बाँच्नु नै सबैभन्दा ठूलो पीडा हो । छलकपटले कसैले राखेको पासोमा अल्झिएर पिँजराको सुगा जस्तै बन्धनमा परे पछि मान्छे न मर्न सक्छ न बाँच्न सक्छ । केवल फन्दै फन्दाले जिउँदो लाश जस्तै हुनेछ । त्यसैले बाँच्नकालागि दिनदिनै गोरख धन्दा चलाएर कहिल्यै छुटकारा नपाउने झमेलामा मान्छेले जतिसुकै बुद्धि र विवेक लगाएपनि अल्मलिएर बस्नु पर्ने बाध्यता छ ।
आज रात पर्न थालिसकेको छ । रातभरि निदाएर भोलि आफ्नै काममा जानु छ । अलिकता माया बोकेर, अलिकता दया पाएर, अलिकता इच्छा लिएर, अलिकता आकांक्षा राखेर मान्छे मृगतृष्णामा यताउता जञ्जालै जञ्जालमा हिँडिरहेको छ । खैं मनमा शान्ति नपाएर होला, मनले सोचेको नपुगेर होला, मन अशान्ति भैरहेको छ । मनभित्रथुप्रै युद्ध चलेर आज रातभरी निदाउँन सकिरहेको छैन । मलाई डर लागिरहेको छ । यो आँखा किन निदाउँन खोज्दैन् ? मनमाचलेको युद्धलाई मैले किन मिलाउन सकिरहेको छैन। संघर्ष भन्दैमा यो जीवन संघर्षै संघर्षमा मात्रै बाँच्नु पर्ने हो की? पानीप¥यो भन्दैमा यो मनभित्र कहिल्यै पनि नरोक्ने पो हो की? त्यस्तो त नहुन पर्नेहो तर खैं के गर्नु ?दिन–दिनको यो दिनचर्यालाई मैले के भनेर लुकाउँ? त्यसैले न मर्न सक्छु न बाँचेर पूर्ण मान्छे बन्न सक्छु । जिऊन त जिउँला तर जिएर पनि कहिल्यै नमरी म कहाँ बस्न सक्छु र ?प्रिय आज म बाँचिरहेको छु । तिमीकहाँ गएर बस्न गएछौं ?तिम्रो मायाले बिरक्त भएर छिया छिया हुँदापनि तिमीले मलाई किन हेर्न आउन सकेनौं ?
संसतिको यो फन्दा
दिनदिनगोरखधन्दा
चालीबाँची रहुँला
मर्न त सक्दिनँजिउँला, ऊ गई अब दूर !
यो जिन्दगी कस्तो होला, कोहीनजीकभएपनि टाढा हुँदो रहेछ । कोही टाढा भएपनि नजीक बन्दो रहेछ । त्यसैले आजयुगकवि सिद्धिचरण श्रेष्ठलाई लाग्दो हो, आफ्नो माया धेरै टाढा गएकोले होला यो आशै आशमा पलाउने जिन्दगी आशैमा सुकेर मरेतुल्य हुनेछ । हो, आँधीले उडाउन सक्छ । सपनाहरू ऐना जस्तै चकनाचुर हुन सक्छ । कालो दिनशुरु भएर एक्लै कालो नदीमा टर्न खोज्छ । मनमा बिरहको आगो जलेपछि यौटा काँचो धागो चट्ट चुँडेर दुई टुक्रा हुन सक्छ । जतिसुकै बलियो भएपनि मान्छे जहाँ जहिले पनि दुर्बल भएर बाँच्नु पर्छ । किनकि यो त समयले गर्ने कुरो हो । समयले तपक टिपेर लगेपछि मान्छेले के पो गर्न सकिन्छ र ? यो त कालो सिन्धु हो । जहाँ दुःखको यात्रा शुरु हुन्छ । जहाँ कठिन गिरी चढे जस्तो हुन्छ । जहाँ ओझेलको बास हुन्छ । जहाँ आगोबाट पानी निस्किन्छ । त्यहाँ हामी पुग्नु छ । आज मेरी ऊनी सबैसँग बिदालिएर गएकी छिन् ।
भनिन्छ, मुटुमा मायापलाए पछि कहिल्यै नमर्दो रहेछ जतिसुकै टाढा भएपनि फिक्का नहुँदो रहेछ । त्यसैले म आजतिमीलाई सम्झेर यहाँ बाँचिरहेको छु । तिम्रो त्यहाँ कसरी दिन बित्दैछ, सकिन्छ भने सन्देश मलाई चाँडै पठाई दिनु ।

