भक्तपुर: शुक्रबार ठिमीमा बैकुण्ठहरि स्मृति प्रतिष्ठानद्वारा आयाेजित पुरस्कार तथा सम्मान कार्यक्रममा नेपालभाषा साहित्यका प्रगतिवादी कवि डा. याेगेन्द्र प्रधानलाई स्मृति संस्थाद्वारा याे वर्षकाे पुरस्कारसहित सम्मान गरिएकाे थियाे ।
उक्त पुरस्कार तथा सम्मान कार्यक्रममा वाेल्दै कुलपति उप्रेतीले नेपाल भाषा र साहित्य सम्वृध्द वाङमय रहेकाे अभिव्यक्ति दिए ।

नेपालका विभिन्न भाषा साहित्यलाई राज्यबाट समान व्यवहार नभएकाे र समावेशी हुन नसकेकाे कुरा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वीकार गर्दै प्रज्ञाले छुट्टै मातृभाषा विभाग खाेलेर काम गर्दै आएकाे जानकारी दिए।
उक्त अवसरमा कवि प्रधानकाे याेगदान र जीवनीवारे वरिष्ठ लेखक त्रिरत्न शाक्यले प्रकाश पारे ।अध्यक्ष श्यामकृष्ण श्रेष्ठकाे सभापतिमा सम्पन्न कार्यक्रम प्रतिस्थानका सचिव कृष्णमाेहन जाेशीले संचालन गरेका थिए ।

