–विश्वनाथ खरेल
हिन्दूहरुले प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा आजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्मष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरु व्रत बसी रातमा जाग्राम बस्ने चलन छ । मूलतः संसारमा भएका अन्याय, अत्याचार राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं आधारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । यसरी कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई आदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दुबाट व्यक्त श्रीमद्धभागवत् गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नु भएको थियो ।
मूलतः संसारमा भएका अन्याय, अत्याचार राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं आधारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । यसरी कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई आदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दुबाट व्यक्त श्रीमद्धभागवत् गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ
भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरु, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरुले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् ।
श्रीकृष्णजन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ । यसै नक्षत्र र बुधबार भगवान् श्रीकृष्णको जन्म भएको थियो । हाम्रो देशको कुरा गर्ने हो भने कृष्णजन्माष्टमीको अवसरमा मुलुका सबैजसो कृष्ण मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्छ । खासगरीकन पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसै उपलक्ष्यमा काठमाडौं लगायत देशका विभिन्न नगरका विभिन्न धार्मिक संघ-संस्थाहरुद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन पनि रहेको छ । यस दिन यस मन्दिरमा दर्शन पूजा गर्नका लागि राष्ट्रप्रमुख नै आउने प्रचलनसमेत रहिआएको छ । राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले कृष्ण मन्दिरका पुजारीको हातबाट टीका थापी जल तथा फूलप्रसाद ग्रहण गर्नुपर्ने धार्मिक मान्यता रहेको पाइन्छ । त्यस्तै गरी उपत्यका रहेको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनको भीड लाग्ने गर्दछ । यसै अवसरमा काठमाडौंको असनदेखि बालकुमारीसम्म पनि ठाउँ ठाउँमा श्रीकृष्णका विभिन्न तस्बिरहरु झुन्ड्याइने गरिन्छ ।
श्रीकृष्णजन्माष्टमी दिन श्रद्र्धालु भक्तजनहरुले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रुपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टाङ प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ ।
श्रीकृष्णजन्माष्टमी दिन श्रद्र्धालु भक्तजनहरुले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रुपमा लिइन्छ
भगवान् श्रीकृष्ण पौराणिक ग्रन्थमा मात्र नभई ऐतिहासिक पुरुष हुन् भनी चर्चाहरु उठ्न थालेको छ । भगवान् श्रीकृष्ण सम्बन्धित तिथिमितिहरु संस्कृतिकर्मी नुतनधर शर्माले एक सांस्कृतिक पत्रिका साप्ताहिक अमलेखमा यसरी लेख्छन् श्रीकृष्णको जन्म मथुरा नगरीमा भाद्रकृष्ण अष्टमीका दिन ३२२८ ईशापूर्वमा भएको हो । उहाँले एक सय २५ वर्षको उमेरमा फाल्गु पूर्णिमाको दिन अर्थात फेब्रुवरी १८, ३१०२ ईशापूर्वमा देहत्याग गरेका थिए । यसै दिनबाट कलियुग प्रारम्भ भएको मानिन्छ । त्यस्तै गरी अर्का विद्वान विश्वनाथ चक्रवर्तीको भनाई अनुसार भगवान् श्रीकृष्णले आफ्नो जीवनको सुरुका तीन वर्ष चार महिना गोकुलमा बिताए । त्यत्तिकै समय वृन्दावन, नन्दग्राम र द्वारकामा बिताएका थिए ।
समग्रमा भन्नुपर्दा भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, जबजब यस संसारमा पापीहरुको अत्याचार बढ्छ र धर्मको उत्थान एवं साधुसन्तहरुको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु भनेका छन् । पहिलो कारण म मेरो मधुरलिलामय चरित्रद्वारा आत्माराम मुनिलाई मेरो प्रेम भक्तियोगमा लगाउन, दोस्रोमा दास्य, सख्य, वात्सल्य एवं शृङ्गार प्रेमरसास्वादनद्वारा स्वयम् सुखी भएर उहाँहरुलाई पनि प्रेमरसास्वादन गराएर सुखी गराउन र तेस्रो दुदीन्त–दैत्यको दुदर्मनीय सेनापतिको भारले दाविएको पृथ्वीको अतिसय भारलाई भार रहित बनाउनु हो । त्यसरी नै द्वापर युगमा पनि श्रीकृष्णले धर्म रक्षाका निम्ति भगवान् विष्णुका दस अवतारमध्ये आठौं अवतार मानिएको छ । यसै सन्दर्भमा श्रीकृष्णसँग अर्जुनले सोध्नु भयो, “ तपाई कहिले कहिले र किन जन्म लिला गरेर यस ब्रहमाण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नु भयो – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां बिनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगे युगे ।
श्रीकृष्णसँग अर्जुनले सोध्नु भयो, “ तपाई कहिले कहिले र किन जन्म लिला गरेर यस ब्रहमाण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नु भयो – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां बिनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगे युगे
हे अर्जुन जब जब धर्मको हानि र अधर्मको बृद्धि हुन्छ साथै साधु पुरुषको रक्षा र दुषित कर्म गर्ने व्यक्तिको नाश गर्नको लागि म युग युगमा प्रकट हुन्छु । अर्जुनले भन्नु भयो, हे कृष्ण तपाईको भक्तजन ब्रहमर्षि, राजर्षि आदिले पनि त यो काम गर्न सक्नु हुन्छ नि, के तपाई नै आउँनु पर्छ र ? तब श्री भगवान्ले भन्नुभयो, तिमीले ठिक भन्यौ, यी कर्म त ब्रहमर्षि, राजर्षिले गर्न सक्दछन् । सृष्टिको रक्षा पालनको दायित्व पनि त श्रीविष्णुको हो । त्यसैले श्रीविष्णु नै युग युगमा उहाँको अशावतार, लिलाअवतार, कला–आवेश शक्ति अवतार समयानुसार भूतलमा अवतिर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ । समयानुसार भूतलमा अवतिर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ । यसर्थ कंशको अत्याचारबाट मथुरा र मथरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौं जीवनोपयोगी दर्शनज्ञान संसारलाई दिन नै कृष्णवतार भएको हो भन्नुमा कुनै दुईमत नहोला । निष्काम कर्मयोग सिकाउने उहाँको जीवन तथा “ धर्मो रक्षतः रक्षितः ” को भावनालाई उजागर गरी यस महान परोपकारको लागि लाग्नु सबैको परम धर्म हो ।


1 Comment
Pingback: श्रीकृष्णजन्माष्टमीको महत्व | Bishow Nath Kharel