पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
आइतबार २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

