टपटेनखबर संवाददाता
काठमाडौ । नागार्जुन वाङ्यमय प्रतिष्ठानको सुप्रभात काव्यगोष्ठी सम्पन्न भएको छ। शनिबार प्रतिष्ठानकाे नियमित काव्यगाेष्ठी बागबजारमा सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव डा धनप्रसाद सुवेदीको प्रमूख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । काव्यगोष्ठीमा झण्डै तीन दर्जन कविले आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।
कविहरू कृष्णप्रसाद पौड्याल, भावकेशर बराल, गंगा खतिवडा , पार्वती भट्ट,सन्जय सोती, रुवी सत्याल, इन्दिरा निरौला, बलराम विष्ट, लब खड्का, रामप्रसाद सापकोटा, नवीन पल्लव, मिसन अधिकारी, शिवहरी पाण्डे, महेशप्रसाद सिलवाल, राजेन्द्रकुमार बर्तौला, शुसान तामाङ, माधाव घिमिरे अटल, युवराज नास्तिक, गंगा भेट्वाल, जयराम बिडारी, डम्बर पहाडी एलाक, बैरागी जेठा, दिल पौडेल, प्रा डा जिएएन्द्र देव गिरी, नमुना शर्मा लगायतले विभिन्न बिषय वस्तु एवम् भावका गीत, गजल, मुक्तक, हाइकु, कविता सुनाउनु भयो ।
माधव घिमिरे अटलले संचालन गर्नु भएको कार्यक्रममा टिभी पत्रकार राजनप्रसाद न्यौपाने लगायत संचारकर्मीहरू लोकमणि रिजाल, गंगाप्रसाद भेटवाल, जयराम विडारी, बिष्णु भण्डारीकाे उपस्थिति रहेको थियो ।
नागार्जुन विशेषमा उपमेयर लामा
सुप्रभात काव्यगोष्ठीमा नागार्जुन विशेषमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले विभिन्न भावका आधा दर्जन कविता सुनाउनु भयो । ‘लाख लाख शुभकामना’बाट आफ्नो काव्य पस्किनुभएकी कवि लामाले बेपत्ता इश्वर, जुनुमाया, आईमाई र आगोको फूल शिर्षकका कविता पस्किनु भएको थियो ।
उपमेयर लामाका तीन कवितासंग्रह समेत प्रकाशित छन् ।
कविता सुनाएर टाप
आफ्ना रचना सुनाएर टाप कस्ने कविहरूको नानीदेखिकै बानी नागार्जुन वाङमय प्रतिष्ठानको सुप्रभात काव्यगोष्ठीमा पनि दोहोरिएको छ । आफ्नो रचना सुनाएर सुप्रभात काव्यगोष्ठीबाट कृष्णप्रसाद पौडेल जस्ताघरे टाप कसेका थिए । ‘त्यो गौँउमा जान्न म’ भन्न्दै छन्दकविता सुनाएर जस्ताघरे टाप कसेका हुन् ।
त्यस्तै कवि एवम् सञ्चारकर्मी राजनप्रसाद न्यौपाने श्रीयम पनि कार्यक्रमकै बीचमा टाप कसेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा धनप्रसाद सुवेदी र श्रष्टा विशेष कवि एवम् बुढानिलकण्ठ नगरपालिका, काठमाण्डौकी उपप्रमुख अनिता लामालाई नागार्जुन वाड॰मय सम्मान– २०८१ द्वारा सम्मान गरिएको थियो ।

