मङ्सिर १५, काठमाण्डौ ,
अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको आयोजनामा १४२ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली विशिष्ट अतिथि पुरुषोत्तम सिग्देल,गणेश आत्रेय,एवं गोविन्दप्रसाद घिमिरे वेदमणिको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, लगायतका रचना वाचन गरिएको उक्त कार्यक्रममा स्रष्टाहरुले प्रभावकारी ढङ्गबाट आ-आफ्ना रचना वाचन गरेकाा थिए ।
उक्त अवसरमा कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा ‘जिताली’,पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, गोविन्दप्रसाद घिमिरे वेदमणि , गङ्गा लिगल, सुशीलकुमार रिजाल, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, गङ्गा भण्डारी, द्वारिका कुइँकेल, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, शशी रिमाल, राम के. सी., वासुदेव ठकुरी, टेकबहादुर लौडारी, दुर्गा रिमाल अधिकारी, चन्द्रा न्यौपाने, गोम बिक्रम थापा र तुलससीप्रसाद भट्टराईं लगायतले देश भक्तिका भावले ओतप्रोत भएका जनचेतना मूलक तथा सामाजिक विकृति र विसङ्गति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
सो अवसरमा समीक्षकका भूमिकामा समेत रहेका प्रमुख आमन्त्रित डा.बमबहादुर थापा ‘जिताली’ द्वारा अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गर्दै भाषा साहित्यको सेवा गर्दैा आएकोमा खुशी व्यक्त गर्दै यस अभियानले छन्दको संरक्षण र सम्वर्द्वनमा खेलेको भूमिकाको प्रसंशा गरेका छन् । नियमितताका लागि शुभकामना दिएका छन् ।
सो अवसरमा संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलद्वारा अभ्यागतहरुलाई स्वागत गर्दै संस्थाको गतिविधिको वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सभाध्यक्ष भुवनहरि सिग्देलले कविताले पाठकको मन झङ्क्रित हुनुपर्ने बताउँदै छन्द साधनामा तल्लीन हुन चाहने सर्जकले लय र तालको तादात्म्यता मिलाउनु पर्नेमा जोड दिए । उनले गुणस्तरीय कविताको रस्वादनले आफू पुलकित रहेको भन्दै भाषा साहित्यको जगेर्ना र संरक्षणमा यस्ता गतिविधिले महत्वपूर्ण भूमिका निभाउने विचार व्यक्त गरेका थिए ।
माहासचिव सुधा बाँस्कोटा ढकालद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।
