काठमाण्डौ । तारकेश्वर नगरपालिका समन्वयमा समाज सेवा युवा क्लवद्वारा वडा न ८ मा आयोजित दोस्रो तारकेश्वर नगरपालिका अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता – २०८१ को समुद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गरे । शनिबार नगरप्रमुख महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले स्वागत मनतव्य राख्नुभएको थियाे । कार्यक्रमका विशेष अतिथि तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकाेटी अर्याल र प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जनले खेलाडीहरूलाई शुभकामना दिनु भएको थियाे । तारकेश्वर नगरपालिका वडा नं ८ स्थित पिपलडाडा फुटबल खेल मैदान आजबाट सुरूभएकाे खेलमा १८ टिमले भाग लिएका छन् ।
विजयी टिमले नगद सहित मेडल, प्रमाणपत्र र सिल्ड पाउनेछन् ।
कार्यक्रमकाे सभापतित्व समाज सेवा युवा क्लबका अध्यक्ष दिनेश लामाले गरेका थिए भने कार्यक्रमकाे संचालन संस्थाका उपाध्यक्ष केदार खत्रीले गरेका हुन्।
