काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमै बलियो सन्देश दिएको हो।
एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि सुभम् रजाने र सञ्जय कृष्णमुर्तिले समान ३७–३७ रन जोडे भने मिलिण्द कुमारले ३४ रन बनाए। यद्यपि उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन।
मुम्बइस्थित वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो। भारतीय इनिङ्सका नायक कप्तान सुर्यकुमार यादव बने। उनले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा १० चौका र चार छक्कासहित ८४ रनको शानदार अर्धशतक प्रहार गरे।
यस्तै इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए। अभिषेक शर्मा शून्य रनमा आउट हुँदा अक्षर पटेलले १४ रन जोडे। अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन।

