काठमाडौं । नेपालका ६ युवा खेलाडीले वल्र्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा सहभागिता जनाउने भएका छन्। यू–१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा आयोजना हुँदैछ ।
ब्वाइजतर्फ सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेलले प्रतिस्पर्धा गर्नेछन्। गल्र्सतर्फ सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। टोलीका प्रशिक्षक कुमार अधिकारी रहेका छन्।
गल्र्सतर्फको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ र प्रशिक्षकसहित टोली शुक्रबार प्रस्थान गर्नेछ। ब्वाइजतर्फको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ भने टोली मार्च ६ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन्।

