काठमाडौँ । सर्वोच्च अदालतले धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश जारी गरेको हो।
नेकपा (बहुमत)का महासचिव बास्तोलालाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

