काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक टोलीमा कप्तानका रूपमा रोहित पौडेल रहेका छन् भने उपकप्तानमा दीपेन्द्रसिंह ऐरी चयन भएका छन्।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरूमा कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने रहेका छन् ।
यहि टोलीमा ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी समेत रहेका छन ।
प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा हुनेछ। नेपाल, ओमन र यूएई सहभागी हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा नै सञ्चालन हुनेछ।
भारतमा सम्पन्न टी–२० विश्वकप खेलेर फर्किएको नेपाली टोलीका सदस्य लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक टोलीमा समावेश भएका छैनन्।

