काठमाण्डौ । दुई पटकको विश्व च्याम्पियन इङल्यान्डविरुद्ध नेपालले ऐतिहासिक र रोमाञ्चक प्रदर्शन गरेको छ। मुम्बइको वानखेडे स्टेडियममा आइतबार सम्पन्न आइसीसी टी–२० विश्वकपको समूह चरणको पहिलो खेलमा नेपाल इङल्यान्डसँग ४ रनले झिनो अन्तरमा पराजित भयो।
एक समय जितको निकै नजिक पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम ओभरमा दबाब सम्हाल्न नसक्दा खेल आफ्नो पक्षमा पार्न भने सकेन। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा नेपालले ५ रन मात्र बनाउन सक्यो।
इङल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो। पराजय व्यहोरे पनि नेपाली टोलीको साहसी र उत्कृष्ट प्रदर्शनको चौतर्फी प्रशंसा भइरहेको छ। नेपाली समर्थक मात्र होइन, विदेशी क्रिकेटप्रेमी तथा विश्लेषकहरूले समेत नेपालको खेलस्तरको खुलेर प्रशंसा गरेका छन्।
नेपाल अब समूह चरणको दोस्रो खेलमा बुधबार इटालीसँग भिड्नेछ।

