भनिन्छ पितृदेवो भवः यो वैदिक शिक्षा पद्धतिलाई मौलिक आदर्श कायम राख्दै शैक्षिक, सांस्कृतिक र परम्परागत पर्वका रूपमा पितृ सम्मान पर्वका रुपमा नेपाल लगायत विश्वभरी हिन्दूहरुले मनाउँदै आएका छन् । मूलतः हामी धर्म संस्कृतिमा धेरै नै धनी छौं । यसमा खासगरीकन मातातीर्थ औँसी, बाबुको सम्मान गर्ने, कुशे औँसी, गुरुको महत्व भएको गुरुपूर्णिमा, कुनैमा दिदी–बहिनीको महत्व, कुनैमा दाजुभाइको महत्व, कुनैमा कुल–वंशका वयोवृद्ध एवं मान्यवर्गको महत्व देखिन्छ । यी सबै सन्दर्भलाई हेर्दा आमाबाबुको मुख हेर्ने औँसी, गुरुपूर्णिमा, दशैँ, तिहार आदि अनेकौँ चाडपर्वमा भित्री आध्यात्मिक भावनाका साथै सामाजिक अनुशासन, मर्यादा, त्याग अनि कृतज्ञताको भावना पनि पाइन्छ । हाम्रा सम्पूर्ण चाडपर्वका शुभ–पुण्य दिनहरूमा ईश्वर, जीव र जगतलाई आध्यात्मिक तथा भौतिक समन्वयात्मक भावनाले जीवन अगाडि बढ्न–बढाउन प्रेरणा प्रदान गरिरहेको देखिन्छ । सामाजिक सुसङ्गठन पनि यी पर्वमा देखिन्छन् । यसैले संस्कृति र परम्परा भनेको सभ्य मानिसका सभ्यताका परिचायक हुन् ।
कुनै समाज वा कुनै राष्ट्र कति पुरानो वा कति सभ्य छ भन्ने कुराको पहिचान संस्कृति र परम्पराबाट गरिन्छ । हिन्दु धर्म र संस्कृति मानव मात्रको प्राचीन संस्कृति हो र यो सनातन वैदिक कालदेखि कुनै न कुनै रूपमा चल्दै आएको छ । यसरी नै मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः’, यी हाम्रा शिक्षाका आदर्श वाक्य हुन् । हाम्रो संस्कृति आशावादी छ । हामीलाई जीवनअघि र मृत्युपछि पनि आफ्ना सन्तानप्रतिको आशा एवं ममता रहन्छ । यी कुराहरुलाई मध्यनजर राखेर नै हाम्रो इतिहास, धर्म, संस्कृति यिनै कुराका प्रमाण हुन् । यसैले आजको दिन आफ्नो जन्म दिने र हामीलाई हुर्काउने, बढाउने, सत्कर्म, शिक्षादीक्षा दिलाई योग्य बनाउन निरन्तर प्रयास गर्ने आफ्ना बाबुको श्रद्धापूर्वक दर्शन गरी पाऊमा परेर हार्दिकता देखाउने दिन हो । यही स्नेह–सम्बन्धबाट हाम्रो समाज बाँधिएको छ । तुलनात्मक दृष्टिकोणले हेर्दा हाम्रो परम्परा र संस्कृति दूरगामी, प्रकाशमय, जन्म–जन्मान्तरको आत्मीय भावनाले भरिपूर्ण भएको पाइन्छ । अन्य संस्कृतिमा भने यस्तो भावनात्मक प्रखरता पाइँदैन । फलतः हाम्रो धर्म–संस्कृतिअनुसार हरेक मनुष्यलाई तीन ऋणको दायित्व हुन्छ । ती हुन– देवता, पितृ र ऋषि ऋण । यी तीन ऋणबाट ऊऋण भई कृतज्ञ हुनुपर्दछ । यसका लागि पितप्रति श्रद्धा गरिन्छ ।
कुनै समाज वा कुनै राष्ट्र कति पुरानो वा कति सभ्य छ भन्ने कुराको पहिचान संस्कृति र परम्पराबाट गरिन्छ । हिन्दु धर्म र संस्कृति मानव मात्रको प्राचीन संस्कृति हो र यो सनातन वैदिक कालदेखि कुनै न कुनै रूपमा चल्दै आएको छ । यसरी नै मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः’, यी हाम्रा शिक्षाका आदर्श वाक्य हुन् ।
दिवङ्गत पितृको श्राद्ध–तर्पण, आयुर्दा, सन्तान, विद्या, धन, स्वर्ग, मोक्ष, सुख, राज्य, समृद्धि, ऐश्वर्य आदि प्राप्त हुन्छ भन्ने स्मृतिशास्त्रको भनाइ छ । हाम्रो धर्म शास्त्रको भनाई अनुसारबाबु पाँच किसिमका हुन्छन् भनेका छन्– आचार्य चाणक्यले । यिनमा जन्म दिने बाबु, संस्कार सिकाउने गुरु, विद्या दिने गुरु, अन्न दिने र भयबाट मुक्त गर्ने पर्छन् । यसरी नै बाबुलाई संस्कृत भाषामा जनक, पिता आदि भनिन्छ । जनककोे अर्थ जन्म दिने हुन्छ । वैदिक ग्रन्थमा बाबुलाई देवताजस्तै मान्नुपर्छ भनिएको छ । यसर्थ बाबु खुसी भए सबै देवता खुसी हुन्छन् भन्ने पौराणिक कथन छ । त्यसैगरी धर्मशास्त्रले बाबुलाई पुस्कर तीर्थको संज्ञा दिएको छ । त्यस्तै, गरुडपुराणले जसका बाबु खुुसी भएका छन्, उनीहरूलाई असल सन्तान प्राप्त हुन्छन् भन्ने उद्घोष गरेको छ । अतः बाबुको सेवा गर्दा भगवान् खुसी भएर वरदान दिन आएका प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । पितृभक्तिका कारण भरद्वाज ऋषिका सात भाइ छोराले परिवन्दवश लाग्न आएको गोवधजन्य अपराधबाट मुक्ति पाएका प्रसङ्ग हरिवंशमा भेटिन्छ । त्यस्तैद्वारकानिवासी शिवशर्माका पाँच भाइ छोरा यज्ञशर्मा, वेदशर्मा, धर्मशर्मा, विष्णुशर्मा र सोमशर्माले पितृभक्तिकै कारण देवदुर्लभ कर्म गर्न सफल भएको कुरा पद्मपुराणले गरेको छ । पितृभक्तिकै कारण ब्राह्मण शिरोमणि प्रशुराम चिरञ्जीवी बनेका थिए भने गणेशले अग्रपूजाको अधिकार पाएका थिए । महारथि भीष्मले इच्छामृत्यु र अर्जुनले कर्णमाथि विजय पाउनुका कारण पनि पितृभक्ति नै थियो ।
पितृभक्तिकै कारण ब्राह्मण शिरोमणि प्रशुराम चिरञ्जीवी बनेका थिए भने गणेशले अग्रपूजाको अधिकार पाएका थिए । महारथि भीष्मले इच्छामृत्यु र अर्जुनले कर्णमाथि विजय पाउनुका कारण पनि पितृभक्ति नै थियो ।
रामायणका अनुसार बाबुको आज्ञाले भगवान् राम १४ वर्षका लागि वनवासमा गएका थिए भने श्रवणकुमारले बोकेर भएर तीर्थाटन गराई वृद्ध बाबुआमाको इच्छा पूरा गरेका थिए । बाबुको खुसीका लागि महारथि भीष्म अखण्डब्रह्मचारी रहेका थिए छ । ब्राह्मण शिरोमणि प्रशुराम मातृहत्यामा समेत तत्पर भएका थिए । कृष्णले आफू स्वयम् सक्षम हुँदाहुँदै पनि बाबुको मान राख्न जन्मनासाथ गोकुल लगिदिन आग्रह गरेका प्रसङ्ग भागवतमा व्यासले उठाएका मात्र छैनन्, कंशवधपछि कृष्णले सर्वप्रथम आमाबाबुकै उद्धार गरेका प्रसङ्गसमेत उठाएका छन् । तसर्थ स्वस्थानी व्रत कथामा पनि गोमा ब्राह्मणीका छोरा नवराजको पितृभक्ति पनि उत्तिकै चर्चित भएको उल्लेख गरिएको छ ।
हिन्दू शास्त्रीय विधान अनुसार प्रत्येक देवकार्य, पितृकार्य र संस्कार आदि कार्य सुसम्पन्न गरिंदा कुशको आवश्यकता पर्दछ । पितृ आमावास्या अथवा गोकर्णे औंसीको दिनलाई कुशे औसी पनि भन्ने चलन छ । यसरी यसै दिन ब्राम्हण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरु सम्पन्न गरिन्छ । त्यस दिन बाहेक ब्राम्हणहरुले अरु दिन कुश काट्दैनन् । कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र झार हो । कुश उत्पतिको बारेमा विभिन्न धार्मिक शास्त्रहरुमा आ–आफ्नो किसिमको मतभेद पाइन्छ । अतः श्रीमद्भागबत् महापुराणका अनुसार लोकरक्षक भगवान् विष्णुले पृथ्वीको उद्धारकार्य गर्नका लागि जब बराह अवतार लिनुभयो त्यतिखेर हिरण्याक्षलाई वध गरी पृथ्वीको रक्षा गरिसकेपछि आफूलाई थकाइको अनुभव हुँदा समुद्र किनारमा विश्राम गर्नुभयो । त्यसरी विश्राम गर्दा बालुवामा झरेका भगवान्का रौंबाट कुश उत्पन्न भएको हो भन्ने कुरा उल्लेख छ । यसरी कुशको विशेष सम्वन्ध पितृकार्य संग रहेको पाइन्छ । प्रत्येका वर्ष आउने भाद्र महिना कृष्ण पक्षको यो औंसी तिथिलाई कुशे औंसी भनिन्छ । हाम्रा धर्म, संस्कृति, परम्परा अनुसार सम्पूर्ण शुभ कार्यहरु, शुभ संस्कारहरुमा चाहिने पवित्र वनस्पति तत्व कुशलाई ब्राम्हणहरुद्धारा हिन्दू मात्रका घर–घरमा वितरण गरिन्छ ।
कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र झार हो । कुश उत्पतिको बारेमा विभिन्न धार्मिक शास्त्रहरुमा आ–आफ्नो किसिमको मतभेद पाइन्छ । अतः श्रीमद्भागबत् महापुराणका अनुसार लोकरक्षक भगवान् विष्णुले पृथ्वीको उद्धारकार्य गर्नका लागि जब बराह अवतार लिनुभयो त्यतिखेर हिरण्याक्षलाई वध गरी पृथ्वीको रक्षा गरिसकेपछि आफूलाई थकाइको अनुभव हुँदा समुद्र किनारमा विश्राम गर्नुभयो । त्यसरी विश्राम गर्दा बालुवामा झरेका भगवान्का रौंबाट कुश उत्पन्न भएको हो भन्ने कुरा उल्लेख छ ।
अन्त्यमा भन्नुपर्दायस संसारमा जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ । यसरी आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृमुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् । यसको साथसार्थै पिताको स्मृतिमा कतिपयले यसै दिन गुरुकुल, पाठशााला, मठमन्दिरमा रहेका पराश्रित बटुक, ब्राह्मण र साधुसन्तलाई भोजन गराउने, वस्त्रदान गर्ने, त्यस्तै पिताको नाममा अक्षयकोष खडा गर्ने, धारा, पाटीपौवा, चौतारा, धर्मशाला आदि निर्माण गर्नेजस्ता सुकार्य गर्ने परम्परासमेत रहेको पाइन्छ । यसरी बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । यो ब्रम्हाण्डमा जन्म दिने आमा बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले जीवित देवताका रूपमा मान्ने गर्दछन् । यसरी देवकार्य, पितृकार्य लगायत अन्य कार्यहरु गर्दा कुशविना कार्य सम्पन्न हुन सक्दैन । त्यसैलेगर्दा हरेक पुण्य कार्यहरु अर्थात पिर्त तथा देवकार्य जस्तैनुहाँउदा, जपस्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । तसर्थ हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन् । यसैकारणले गर्दा नै गीता र वेद नै आविष्कारका जननी हुन् ।


1 Comment
Pingback: पिता सम्मान पर्व र कुशेऔंशी | Bishow Nath Kharel