काठमाण्डौ । सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । हुम्ला जिल्लाको सर्केगाडमा यही मंसिर १६ मा भएको उपनिर्वाचनमा उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाएकी छन् । एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरी तेस्रो स्थानमा बनाएकी छन् ।
अघिल्लो निर्वाचनमा पनि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएको थियो । रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन भएको हो ।
उपाध्यक्षमा निर्वाचित देवकी तिमल्सिना कवि तथा साहित्यकार समेत हुन् । उनी कविता, मुक्तक, गीत, गजल आदि विधामा कलम चलाउँछिन् ।
देवकी तिमल्सिना ‘समीक्षा’ को नाममा कलम चलाउने उनका विभिन्न बिधाका कृतिसमेत प्रकाशित छन् ।

