– जयन्ता पोखरेल
हिन्दु आँगनीको हिउँदे फूर्सदमा
चौध फब्रुवरीबाट फुत्त निस्किएर
रोमयिोले जुलियटलाई भन्यो–
प्रिय,
तिमीले चाहेजसरी
प्रेमिको अग्लो प्याराफिटमा राखेर
तिमीले मलाई घाम बनायौ
तिमीले मलाई राम बनायौ
र फेरि मलाई हनुमान बनायौ
जून झैँ शितल प्रणयरीतमा
रातो गूलाफ दिएर
एउटा याम नसकिदै
तिमीले त्यसलाई काम बनायौ
तिमीले त्यसलाई माम बनायौ
र फेरि मलाई बदनाम गरार्यौ
सोचेँ–
प्रेमदिवशको बुट्टे छाता मूनि
तिमीले दिएको रातो फूल
मेरो प्रेमको दरवार हुनेछ
बिस्वास बेस्सरी पाकेको दिन
त्यहाँ घरबार हुनेछ
निरन्तर
तिमीले मलाई मायाको धाम बनायौ
रङ्गिन संसारलाई नसुहाउँने
श्यामश्वेत काले नाम बनायौ
र फेरि खुसीमा छेकवार लगायौँ
भो अब,
म छेउ आएर तिमी नमुस्कुराऊ
मुस्कानको आगोले पोल्छ मलाई
बाधेर अँगालोमा फेरि नफकाऊ
नियतको आँधीले बेर्छ मलाई
म छु अहिले राधाको देशमा
सच्चा रोमियो र जुलियटहरुलाई
यहाँ प्रणय दिवश चाहिदैन्
तर म भन्दिन् प्रेम गर्न पाइदैन् ।
ड्ड

