जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उहाँबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरेका थिए ।
वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा श्री श्रेष्ठका ज्येष्ठ सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कवि एवं चर्चित पत्रकार ठाकुर बेलवासेके सहजीकरण गरेको सो कार्यक्रममा ४०० बढीको उपस्थिति रहेको थियो ।

