बैशाख ३१ गते
नेपाली कथासाहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार पोषण पाण्डेको ३३ औं स्मृति दिवस पुरस्कार अर्पण कार्यक्रम सहित सम्पन्न गरिएको छ ।
उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले काठमाडौँ धुम्बाराही निवासी साहित्यकार तथा समालोचक युवराज मैनालीलाई नेपाली साहित्यमा पुर्याउनुभएको योगदानकाे कदर गर्दै
“पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८२” ले सम्मानित गरिएको छ।
दोसल्ला ओढाई सम्मानपत्रको साथमा संस्थाका अध्यक्ष विजय चालिसेबाट नगद राषी ५१ हजारकाे पुरस्कार अर्पण गरियो ।
विशिष्ट साहित्यकार, समालोचक , पत्रकार तथा परिवारजनको उपस्थिति रहेको उक्त समारोहमा
पुरस्कार निर्णय कमिटीको संयोजक रहनुभएका साहित्यकार श्री ठाकुर शर्मा भण्डारीले पुरस्कृत मैनालीको साहित्यप्रतिको लगनशीलताको कदर भएको र यस पुरस्कारले उहाँको लगनशीलतामा अझै हौसला थप्दै जाने विश्वास व्यक्त गर्नुभयो।
पुरस्कृत साहित्यकार युबराज मैनालीले मुर्धन्य साहित्यकार पोषण पाण्डेको कवितामा देखिएको शिष्टता , सरलताका साथै कथामा देखिने यौन मनोविज्ञान माथि प्रकाश पार्नुभएको थियो।
सदनको महासचिव रञ्जु पाण्डेले कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्ने क्रममै पोषण पाण्डे स्मृति दिवस तथा यस सम्मान तथा पुरस्कार कार्यक्रमले पुस्ता पुस्ता सम्म साहित्यकार पोषण पाण्डेलाई जीवन्त राखिरहन युवराज मैनाली जस्तो सर्जकहरूले सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसै सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद सहित समारोहको समापन गर्नु भएको थियो ।

