जयदेश श्रेष्ठ
अंकमा सबै भन्दा ठुलो मै हुँ भन्ने ९ अंकले ८ लाई झापड लगायो । ८ ले बिरोध गर्दै ९ अंक संग गुनासो पोख्यो । किन मलाई थप्पड हान्यौ ? तिमी म भन्दा सानो हौ । तिमीले म संग निहु नखोज ! सक्छौ भने , तिमी भन्दा तलकोलाई तर्साउ ! उसले पनि आफु भन्दा सानो सम्झेर ८ ले ७ लाई थप्पड लगायो । यसै गरी ७ ले ६ , ६ ले ५ , ५ले ૪ , ૪ ले ३ , ३ ले २ , २ ले १ लाई थप्पड हान्यो । अब १ ले कसलाई थप्पड हान्ने ? उसले ० लाई राम्ररी हेर्यो । थप्पड हानेन , माया गरेर आफु संगै जोड्यो । अब उ १० भयो । अब ९ अंकको होस हवास उड्यो ।
हाम्रो लघु कथाबाट

