गर्छौ किन आत्महत्या?
आखाँ उघारी हेर,
काम अनेक छन् याहाँ।
पाए भन्छौ धोका,
सोचेर हेर!
धोका दिनेले-जित्छ के?
गुमाउनलाई-तिम्रो थियो के ?
जीवन एक-अन्त्यहीन संघर्ष,
जीवन एक-अन्त्यहीन युद्ध,
हर कोहीले यहाँ,
आफ्नो मोर्चामा-आफै डट्नु पर्छ,
आफ्नो भागको गोलीगट्ठा-आफै बोक्नु पर्छ ।
न थाक्ने छुट छ,
न भाग्ने छुट छ,
वीर पुर्खाका सन्तान तिमी
तिमी कायर हुनसक्दैनौ ।
भन्छन – वीरभोग्या बसुन्धरा,
वीरका सन्तान – तिमि वीर हौ,
तिमी उग्रचण्डी र महाकालीका सन्तान,
पाथिभरा र दक्षिणकालीका बरदान
यो धर्ति,यो आकाश
तिम्रै प्रतिक्षामा छन् |
पखाल त्यो-कायरताको गंदगी,
चुडाल-आधुनिक दासताको जंजिर,
मुक्त होउ!
र मानवजातिलाई दाश बनाउने बिरुद्ध
गर-संखघोष,
र मुक्त गर मानव जातीलाई ।
ए साथी
त्याग त्यो-
आत्महत्यागर्ने कुरूप बिचार,
संघर्षबाट भाग्ने पतित संस्कार ।
आखाँ उघारेर हेर,
सुन्दर बिहानी
र मातृभूमि
तिम्रो प्रतिक्षामा छन् ।
~ सरल सुमन

