काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक तर्फका उम्मेदवारहरू पूर्ण रूपमा नयाँ अनुहारबाट चयन गर्दै निर्वाचन आयोगमा अन्तिम नामावली बुझाएको छ। यसअघि संघीय तथा प्रदेश सभामा सांसद भइसकेकालाई समानुपातिक उम्मेदवार नबनाउने पार्टीको नीतिअनुसार बन्दसूचीमा कुनै पनि पूर्व सांसदलाई समावेश नगरिएको नेकपाले जनाएको छ।
पार्टीका अनुसार समानुपातिक सूची समावेशी प्रतिनिधित्व, सामाजिक विविधता र नयाँ नेतृत्वको विकासलाई प्राथमिकतामा राखेर तयार गरिएको हो। महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पिछडिएका समुदायबाट व्यापक सहभागिता सुनिश्चित गरिएको पार्टीको दाबी छ।
निर्वाचन आयोगमा बुझाइएको अन्तिम नामावली अनुसार महिला समूहतर्फ करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त, मन्जु कोइराला, उषाकुमारी पोखरेल, भगवती नेपाल, निरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं र सावित्री पोखरेल रहेका छन्।
पुरुषतर्फ प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कुटुवाल, राममणि पोखरेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णु खनाल र दीपक जंगम सूचीमा छन्।
मुस्लिम समुदायबाट कैसर जहाँ, जरिना बेगम, जामिया खातुन, अमरुल निसा र ताज मोहम्मद मियाँ परेका छन् भने थारु समुदायबाट मिराशा चौधरी, अन्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भुवनकुमार थारु, राम अवतार राना र लक्ष्यबहादुर चौधरी चयन भएका छन्।
दलित समुदायतर्फ तारा विश्वकर्मा, सुमारिया देवी पासवान, कमला ज्ञवाली, गणेश विश्वकर्मा, मित्र परियार, शरद रसाइली, शंकर दुलाल, ठाकुर विक, कृष्ण नेपाली, गोपाल परियार, कमलराज यादव, श्रीप्रसाद साह, छेदी रजक, अभिमन्यु यादव, अरविन्द दास, गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम र शारदा दमाई रहेका छन्।
आदिवासी जनजाति तथा अन्य समुदायतर्फ भीमकुमारी बुढा, सामति गुरुङ, शर्मिला लामा, ममता राजवंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापा, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, गीता श्रेष्ठ, सनिम लामा, नलिनी सिंह, सबिता तामाङ, जमुना गाइजु, कल्पना लिम्बू, परशुराम तामाङ, दिलीप प्रजापति, झक्कु घर्ती, खेमकुमार राई, बखानसिंह तमु, पासाङ शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज दयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, चेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र पुष्पराज कर्णिकार समेटिएका छन्।
यसैगरी अन्य समानुपातिक उम्मेदवारहरूमा तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पूर्ण झा, जयरानी सहनी, पुनम जयसवाल, संगीता यादव, सुधा सिंह, कल्पना यादव, जोगकुमार बर्बरिया, सुरेन्द्र जयसवाल, घनश्याम रजक र किसुन मण्डल छन्।
नेकपाले नयाँ अनुहारलाई अवसर दिँदै समानुपातिक प्रणालीलाई वास्तविक अर्थमा प्रतिनिधिमूलक बनाउने प्रयास गरेको जनाएको छ। पार्टी नेतृत्वका अनुसार यसले संगठन सुदृढीकरणसँगै जनविश्वास बढाउने अपेक्षा गरिएको छ।

