काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी एक भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङलाई पार्टीको दोस्रो वरीयता दिने गरी सात बुँदे सहमति भएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको सहमतिअनुसार सभापति रवि लामिछानेपछि कुलमान घिसिङलाई पार्टीको दोस्रो वरीयता प्रदान गरिएको हो। सहमतिको बुँदा नम्बर ४ मा रास्वपाको नेतृत्व संरचना स्पष्ट गर्दै सभापतिमा रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ।
सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेबीच हस्ताक्षर भएको छ।
यस सहमतिसँगै रास्वपाभित्र नेतृत्वको शक्ति सन्तुलन औपचारिक रूपमा पुनःपरिभाषित भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।


