काठमाडौँ । राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले पानीको फोहरा हानेकोे छ । तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले बल प्रयोग गरेको छ ।
बानेश्वरतिर जान प्रयास गरेका राजावादीहरुलाई रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताउनु भयो।

