काठमाण्डौ । सोमबार स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य थप बढेको छ । सुनको मूल्य आइतबार भन्दा तोलामा रु ३०० बढेको छ।
आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो।
त्यसै गरि आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री भैरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

