काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने तेस्रो चरणको शृङ्खलामा नेपालले आज (आइतबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
यूएई पुगेको नेपाली राष्ट्रिय टोली आइतबारबाट लिग–२ का महत्वपूर्ण खेलहरू खेल्न मैदान उत्रने तयारीमा छ।
रोहित पौडेलको कप्तानीमा नेपाल
शृङ्खला रोहित पौडेलको कप्तानीमा नेपालले खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले यस पटक टोलीमा केही परिवर्तन गरेको छ।
सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राख्दै भीम सार्की, शाहब आलम र अनिल साहलाई टोलीमा समावेश गरिएको छ।
यूएईमा चार खेल खेल्ने तालिका
नेपालले लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग चार खेल खेल्नेछ।
असोज १० (आज) : नेपाल बनाम अमेरिका
कात्तिक १३ (बिहीबार) : नेपाल बनाम यूएई
कात्तिक १५ (शनिबार) : नेपाल बनाम अमेरिका
कात्तिक १९ (बुधबार) : नेपाल बनाम यूएई
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका सबै खेल यूएईमै हुनेछ।
नेपालको अंकतालिका स्थिति
हालसम्म नेपालले १२ खेलमा १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईको ६ अंक छ। लिग–२ को अंकतालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा।
२० खेल खेलेको अमेरिका भने २८ अंकसहित दोस्रो स्थानमा छ।

