काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सका फाफ डु प्लेसिसले आज कीर्तिपुरमा चमत्कारी ब्याटिङ प्रदर्शन गर्दै केवल १९ बलमा अर्धशतक प्रहार गरेका छन्। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा उनले पाँच चौका र चार छक्कासहित दमदार खेल खेल्दै टोलीको सुरुआत नै विस्फोटक बनाएका हुन्।
टस हारेर फिल्डिङमा उत्रिएको विराटनगरलाई सुदूरपश्चिमले १४८ रनको लक्ष्य दिएको थियो।
यसअघि पनि १९ बलमै अर्धशतक प्रहार गर्ने उपाधि दुई खेलाडीको नाममा थियो—काठमाडौँ गोर्खाजका भीम सार्की र सुदूरपश्चिमका हर्मित सिंह।
आज डु प्लेसिसले उनीहरूको कीर्तिसंगै आफ्नो नाम पनि जोड्न सफल भएका छन्।

