काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय भएको बताएका छन् । फागुन २१ गते निर्वाचन सम्पन्न गर्न आवश्यक तदारुकतासाथ सरकारले गरेको कामको सह्राहना गर्दै नेता अनन्तले सरकारलाई दलहरूले आवश्यक सहयोग गर्नुपर्ने बताए ।
सोमबार निर्वाचन आयोगद्वारा सिंहदरबारमा डाकिएको सर्वपक्षीय छलफलमा बोल्दै उनले राज्यलाई हालका समस्याबाट निकास दिन र राजनीतिक स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताए।
उनले संविधानविपरित सरकार एवम् राजनीतिक दलहरूले निर्वाचन धकेल्ने प्रयास गरे आफूहरूलाई स्वीकार्य नहुने चेतावनीसमेत दिए। उनले घोषित मितिमा निर्वाचन हुन नसके सरकार फेल हुने तर्फ सचेत रहन चेतावनी दिदै पुरानै संसद पुनःस्थापना हुने सम्भावना रहेको समेत बताए ।
पुरानै संसद पुनर्स्थापना हुनु मुलुक थप अस्थिरतामा फस्नु हुने समेत उनको दाबी छ ।

