काठमाडौँ। स्थानीय बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।
यसअघि सोमबार सुनको भाउ प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो। आइतबारको तुलनामा सोमबार मात्रै सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको थियो।
त्यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ। चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढ्दै ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

