काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बालेन शाहले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । शनिबार निर्वाचन अधिकृतको कार्यालयले उनलाई औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहले भारी मतान्तरसहित विजय हासिल गरेका हुन् । उनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरेका थिए ।
यसरी शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस निर्वाचन परिणामलाई झापा क्षेत्रको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

