काठमाडौं — विश्वप्रकाश शर्माले निर्वाचन परिणामपछि नेपाली कांग्रेस गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताएका छन्।
शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस उपसभापति शर्माले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचन परिणाम र पराजयका कारणबारे बुँदागत समीक्षा गरिने जानकारी दिए।
उनले कांग्रेसका समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे।
‘एकआपसमा आरोप–प्रत्यारोप लगाइराख्नु भन्दा ऐक्यबद्ध र वस्तुगत समीक्षा गरेर आगामी यात्राको दिशा तय गर्नुपर्छ,’ शर्माले भने, ‘केन्द्रीय समितिमा रहेका–नरहेका, निवर्तमान नेतृत्व र फरक धारका नेतासँग समेत सल्लाह र समीक्षा गर्नेछौँ।’
उनका अनुसार कांग्रेसले अहिलेको प्रतिकूल अवस्थालाई आत्मसात गर्दै एकताबद्ध रूपमा सामना गर्ने र नयाँ सम्भावनाको खोजी गर्नेछ।
शर्माले अब बन्ने सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरी देखिए खबरदारी गर्न पनि पार्टी पछि नहट्ने बताए।
‘नेपाली कांग्रेस नवीन ढंगले अगाडि आउनेछ,’ उनले

