दोहा। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण कतारमा रहेका नेपाली नागरिकलाई घर फर्किन चाहेमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेको छ।
कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै घर फर्कन इच्छुक नेपालीलाई दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको हो।
दूतावासका अनुसार कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकलाई साउदी अरबका विमानस्थल हुँदै नेपाल फर्किने व्यवस्था गरिएको छ।
घर फर्किन चाहने नेपालीले दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनुपर्नेछ।
यसका लागि पहिले नै ‘अपोइन्टमेन्ट बुक’ गर्न दूतावासले अनुरोध गरेको छ।
उक्त सेवा केन्द्र **एजदान मल (अल घराफा)**मा रहेको दूतावासले जनाएको छ।

