काठमाडौँ। इरानले गरेको आक्रमणमा साउदी अरेबियाको एक एयरबेसमा रहेका अमेरिकी वायुसेनाका पाँच रिफ्युलिङ विमान क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार हालै भएको इरानी आक्रमणका क्रममा साउदी अरेबियास्थित एक एयरबेसमा जमिनमै रहेका पाँच अमेरिकी वायुसेनाका रिफ्युलिङ विमान क्षतिग्रस्त भएका हुन्।
रिपोर्टअनुसार युनाइटेड स्टेट सेन्ट्रल कमाण्डले उक्त आक्रमण र त्यसबाट भएको क्षतिबारे जानकारी सार्वजनिक नगरी गोप्य राखेको बताइएको छ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले ती विमानहरू इरानी आक्रमणका कारण क्षतिग्रस्त भएको जनाएको छ। तर आक्रमण ठ्याक्कै कहिले भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
समाचारमा उल्लेख भएअनुसार विमानहरू पूर्ण रूपमा नष्ट नभई क्षतिग्रस्त मात्र भएका छन् र हाल मर्मतको काम भइरहेको बताइएको छ।
उक्त आक्रमणमा मानवीय क्षति भने नभएको जनाइएको छ।

