काठमाण्डौ — गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस शनिबार साँझ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले बताए।
उनका अनुसार मृत्यु हुने सबै भारतीय नागरिक हुन्। माइक्रोबसमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक विकले बताए।

