काठमाडौँ। नेपाली कांग्रेसले समानुपातिक निर्वाचनबाट प्राप्त सिटअनुसार २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ। पार्टीले १५ महिला र ५ पुरुषको सूची आयोगमा पठाएको हो।
निर्वाचन आयोगले समानुपातिकतर्फको नामावली बुझाउन आजसम्मको समयसीमा तोकेको थियो।
कांग्रेसले खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, कालीबहादुर सहकारी र अर्जुननरसिंह केसीलाई सिफारिस गरेको छ।
आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदनकृष्ण श्रेष्ठ र भीष्मराज आङ्देम्बे सिफारिस भएका छन्।
यस्तै मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादवको नाम पठाइएको छ। दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विक सिफारिस भएका छन्।
थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार तथा मुस्लिम कोटाबाट शाहजान खातुनलाई समानुपातिक सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ।

