काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। आज चाँदी प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

