काठमाण्डौ । राष्ट्रिय सभा संसदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र को गठबन्धनका उमेदवार विजयी भएका छन् । १८ सिटका लागि आइतबार सम्पन्न निर्वाचनमा गठबन्धनका उमेदवार विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उमेदवार सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, बासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
त्यसै गरि नेकपा एमालेका उमेदवार रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखाकुमारी झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिनासिंह रखाल र सीताकुमारी भण्डारी निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीको एक मात्र उमेदवार महन्थ ठाकुर पनि राष्ट्रय सभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि भएको यस निर्वाचनमा तालमेल गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावी मैदानमा थियो ।




