काठमाडौं — झापा क्षेत्र नम्बर–५ का रास्वपा उमेद्वार बालेन्द्र साह (बालेन) चढेको हेलिकोप्टर अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।
बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि–एभरेष्ट हेलिकोप्टर काठमाण्डौ नै फर्किएको हो ।झापातर्फ प्रस्थान गरेको हेलिकप्टर निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किनु परेको हो। मौसमको खराबीका कारण हेलिकोप्टर फर्काउनु परेको जानकारी दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार, बालेनले काठमाडौंबाट मतदान सम्पन्न गरेपछि चार्टर उडानमार्फत झापा जाने तयारी गरेका थिए। सो दिन झापाका लागि कुनै नियमित हवाई उडान उपलब्ध थिएन, त्यसैले चार्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो।
उक्त उडानमा बालेन्द्र साहसहित ५ जना यात्रु रहेको जनाईएको छ ।

