काठमाण्डौ — कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथि आक्रमण भएको छ।
वडा नम्बर–१० स्थित शंकर प्राथमिक विद्यालयमा रहेको मतदानस्थलतर्फ जाने क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ। आक्रमणमा संलग्न भएको आरोप नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्तामाथि लगाएको छ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
२०७९ को स्थानीय तह निर्वाचनमा शाहीसँग वडाध्यक्ष पदमा पराजित राम भण्डारी पक्षका व्यक्तिहरूले ढुंगा प्रहार गरेको आरोप लगाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

