-नन्दलाल खरेल
यहाँ खोजीदैन तिमीलाई कसले बनायो वेश्या भनेर
यहाँ खोजीन्छ तिमीलाई कँहा छन् वेश्या भनेर
यहाँ खोजीन्छ तिमीलाई मनोरञ्जनको साधन भनेर
यहाँ खोजीदैन तिमीलाई दुःख पिडा हेरेर
गर्नु पर्छ यो पेशा यहाँ घृणीत भएर
गरिदैन कारवाही यहाँ भुसतिर्घेलाई हेरेर
गर्छु काम कर तिरी तर सुन्दैन सरकार
कि देउ माम भन्दा पनि सुन्दैन सरकार
साना नानीहरुलाई हेरेर गर्छु काम वाध्य भएर
तर सुण्ड मुसुण्ड हास्छन् खित्का छोडेर
आज हामी घरमा छौ निषेधाज्ञामा निसासिएर
आज कोही हेर्दैन हामीलाई महामारी भएर
लाग्छ मलाई उदेक यहाँ शासकको नियति हेरेर
अब गर्नुपर्ला विद्रोह हामी एक भएर

