नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हाे।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। तर क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन्।
१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्। सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन।

